सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि हत्याको अभियोगमा आजीवन कैदको फैसला

Posted on: 06 Jan, 2024

पुस २१, लमजुङ | सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि, हत्या र डाँकाचोरी गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत लमजुङले आजीवन  कैदको फैसला सुनाएको छ । सुन्दरबजार नगरपालिका-१, कुन्छाका २५ वर्षीय राम सुनारलाई तीन वटा मुद्दामा अदालतले सजाय निर्धारण गरेको हो ।

रामले कुन्छाकै २८ वर्षिया लिला अछामीलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेर उनको गरगहना लुटेको र हत्या गरेको अभियोगमा सुनारलाई जिल्ला अदालत लमजुङले शुक्रबार आजीवन कारावासको सजाय सुनाएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार उपसचिव भेषराज पौडेलले अदालतले बलात्पकार मुद्दामा १० वर्ष कैद, अपांगता भएका व्यक्ति भएका कारण थप ४ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना, पीडित परिवारलाई २ लाख क्षतिपूर्तिको फैसला गरेको जानकारी दिए । डाँकाचोरी मुद्दामा ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । भने कर्तव्य ज्यान मुद्दामा जन्मकैदसहित सबै गरी आजीवन जन्मकैदको फैसला सुनाएको पौडेलले बताए । सुनारलाई लमजुङ जिल्ला अदालतले गत भदौ ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!