विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको मृत्यु

Posted on: 19 Jan, 2024

माघ ५, लमजुङ | लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।

बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!