

उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ । यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो जनावर ढुवानी मानिएको छ ।
औसत पाँच सय ९० किलोग्रामका चार हजार गाई कतार पुर्याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ। अस्ट्रेलिया र अमेरिकामा किनिएका ती गाई पावर इन्टरनेशनल होल्डिङका चेयरमेन मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्टिय समाचार संस्थाहरुले बताएका छन्। – नागरिक दैनिक



