१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा गहुँपछि चिनी निर्यातमा पनि रोक

११ जेष्ठ २०७९, बुधबार ०८:३६

जेठ ११, काठमाडौँ | छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै  केही महिना निर्यातमा राेक लगाएको हो । 


भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ । नेपालमा स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन । यसले कालोबजारी बढ्न सक्ने जोखिम हुन्छ ।

यसअघि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै गहुँ निर्यातमा रोक लगाएको हो । मे १३ (वैशाख ३०) अघि नै अपरिवर्तनीय लेटर अफ क्रेडिट (आईएलओसी) जारी भएकाको हकमा भारतले निर्यातको व्यवस्थापन गर्ने भनेको छ । गहुँ उत्पादनमा पनि भारत विश्वको दोस्रो ठूलो मुलुक हो ।

पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन् । युक्रेनमाथि रुसको आक्रमणले गर्दा खाद्य संकट बढ्न सक्ने अनुमान समेत हुन थालेको छ । मलेसियाले जुन १ देखि कुखुराको मासु निर्यातमा रोक लगाएको छ । इन्डोनेसियाले हाल पाम तेलमा रोक लगाएकमो छ भने सर्विया र कजाकिस्तानले पनि खाद्यान्न निर्यातमा कोटा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी