बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् ।
सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले ८,२८५ मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ६२९ मतान्तर रहेको छ ।
रास्वपाका मिलन लिम्बू १,९४५ मत ल्याएर चौथो स्थानमै छन् ।