२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पाँच दलद्वारा लोकतान्त्रिक मधेसी मोर्चा घोषणा

२०७९, ५ चैत्र आईतवार ०८:२३

चैत ५, काठमाडौँ | तराई मधेस केन्द्रित विभिन्न पाँच वटा दल मिलेर लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गरिएको छ ।  तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेसी  मोर्चा’ बनाएका हुन् । जनकपुरस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको पाँच दलको बैठकले सो मोर्चा बनाउने सहमति गरेको तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंहले जानकारी दिए । 

उनले बैठकमा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए । ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र २०७९ चैत्र १३ गते सार्वजनिक गर्ने निर्णय गरेको तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए । 

बैठकमा तमलोपाका अध्यक्ष लाल र वरिष्ठ नेता  सिंह, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीको महासचिव रविन्द्र प्रसाद सिंहलगायतका नेताहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै