२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना ५ दिन हिरासतमा रहने

२०७९, ८ चैत्र बुधबार १२:१५

चैत ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । अरु नै आयोजक रहेको कार्यक्रममा गएर जथाभावी होहल्ला गर्ने र विथोल्ने प्रयास भएकाले तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजाल बताउँछन् ।

‘उनीहरुले आफूलाई स्वतन्त्र युवा अभियानका सदस्य भनेर चिनाएका छन्’, रिजालले भने, ‘थप प्रहरी वृत्त, बानेश्वरबाट अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यसरी पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै