2026-09-21 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थी प्रकृती लम्साल मृत्यु प्रकरण सत्य तथ्य छानविनको माग गर्दै मानव अधिकार आयोगले लेख्यो पत्र

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु प्रकरणको सत्य तथ्य छाविनको माग गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्र लेखेको छ । भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको केही दिनअघि शंकास्पद मृत्यु भएको थियो । विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपीट र दुर्व्यवहारसमेत भएको थियो । उक्त घटनाको शीघ्र छानबिनको लागि यस आयोगले राष्ट्रिय मानव अधिकार आयोग भारतलाई पत्राचार गरेको छ ।

पत्रमा शंकास्पद मृत्युको घट्नाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्व विद्यालयमा कुटपीट भएका र दुर्व्यहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई उत्तरदायी बनाउनका लागि अनुरोध गरिएको बताइएको छ ।

साथै, प्राप्त उजूरीको आधारमा आयोगले भारतस्थित नेपाली दुतावास र अन्य माध्ययमबाट समेत घटना र विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको बताइएको छ । उक्त घटनाबाट नेपाली विद्यार्थीहरू अझैपनि भयरहीत वातावरणमा विश्व विद्यालय फर्कन नसकेको जानकारी प्राप्त भएको भन्दै आयोगले सो सम्बन्धमा थप कुटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो