2026-11-01 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

अस्थायी आवास निर्माण गर्न अनुदान वितरण

काठमाडौँ | गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत रु २५ हजार प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

“माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो । प्राधिकरणले दोस्रो किस्ताबापत रु २५ हजार उपलब्ध हुने जनाएको छ । पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो ।

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द