शैक्षिक मेलामा रोक लगाएको भन्दै १५ करोड क्षतिपूर्तिको मागसहित हिसानद्वारा अदालतमा मुद्दा दायर

साझासवाल
1 Min Read

<p><b>असार ३, काठमाडौँ | </b>काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।&nbsp;<br></p><p>भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो। त्यसको विरुद्धमा हिसान अदालत गएको हो।&nbsp; हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर गरिएको कार्यक्रममा महानगरले अनावश्यक रूपमा रोक लगाएको बताए। मेला स्थगित हुँदा आफूहरूको ३० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ।&nbsp;</p><p>महाननगरबाट पूर्व स्वीकृति नलिएको तथा नतिजा नआउँदै भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले रोक लगाएको थियो। हिसानले महानगर र शिक्षा मन्त्रालय दुवैलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply