रास्वपा केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

साझासवाल
1 Min Read

<p><b>असार ४, काठमाडौँ |</b> राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको रास्वपा नेताले बताए ।&nbsp;<br></p><p>असार ७ गते पार्टीले स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ। रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो |&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply