दोषीलाई कारबाही हुन्छ, अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

साझासवाल
1 Min Read

असार ३०, चितवन | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नरहेको बरु दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको बताएका छन् |

आज (शनिबार) चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे ।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

सरकारले अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धानको काम नरोकिएको साथै मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply