<p><b>असार ३१, काठमाडौँ | </b>परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज(आइतबार) बैंककतर्फ प्रस्थान गर्न लागेको हो।<br></p><p>आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ । </p><p>बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ । सचिवालयका अनुसार एनपी साउद साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। </p>
Related News


