रास्वपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

साझासवाल
1 Min Read

असार ३१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी रास्वपा र राप्रपाले अवरोध गरेका हुन् । उनीहरूको अवरोधले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरू बेल घेराउमा गएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

आइतबार बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टील सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए । उनले भने ‘त्यसो भएको हुनाले हामी जुन विधिमा थियौं त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसदको कारबाही अघि बढाउने तयारीमा थियौं, त्यसैले हाम्रो यो प्रक्रियामा असहमति छ’ ।

सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

Share This Article
Leave a Comment

Leave a Reply