२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

२०८०, १ श्रावण सोमबार ०५:४४

साउन १, रुपन्देही | नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन् |

लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरीले जानकारी दिए ।

यादवले गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा काटेको चेक अनादर(बाउन्स) भएको थयो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा खातामा रकम नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो। 

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक बाउन्सको उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो। 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा यादव बांके क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित यादवले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री एमाले नेता शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना