By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    14 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    4 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    4 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    7 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री
काठमाडौँ - KTMराजनीति

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री

साझासवाल
Last updated: January 17, 2017 12:43 pm
साझासवाल
5 Min Read
Share


Contents
  • दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नयाँ उचाइमा 
  • लगानी भित्र्याउन जोड 
  • बमलाई रिहाइ गर्न आग्रह 
  • नकारात्मक प्रवृत्तिले काम गर्दैन 

माघ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । 

संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट आज स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो “भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिए । आयोगका पदाधिकारीले माघको दोस्रो साताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउन आग्रह गर्नुभएको छ । सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्दछ ।” 

प्रधानमन्त्रीले राजनीतिक सहमति पहिलो विषय भएकाले सरकार सोही दिशामा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । 

युएइको राजधानी अवुधावीमा आयोजना गरिएको विश्व भविश्य ऊर्जा शिखर सम्मेलन, २०१७ मा भाग लिन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री यही माघ १ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

नेपाल र युएइबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सरकार प्रमुखको तहबाट भएको हालसम्मै उच्चस्तरीय भ्रमणको रुपमा आफूले लिएको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । प्रधानमन्त्रीले आफ्ना समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँग आपसीहित, द्विपक्षीय सहयोग एवम् नेपाली कामदारको सुरक्षा र भरपर्दो रोजगारीका विषयमा कुराकानी भएको बताउनुभयो । 

यही माघ ३ गते सम्मेलनलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जैविक एवम् परम्परागत ऊर्जाको स्रोतमा निर्भर रहेको विश्व समुदायले आगामी दिनमा दिगो, भरपर्दो, धान्न सकिने ऊर्जाको सुनिश्चितताका लागि सबै मुलुकले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

उहाँले सबै राष्ट्र र जनताले न्यायोचित रुपमा ऊर्जा उपभोग गर्न पाउने सुनिश्चिताको लागि जल, सौर्य वायु र थर्मल र अन्य नवीकरणीय ऊर्जाका स्रोत पत्ता लगाई तिनको समुचित विकास एवम् स्वच्छ प्रविधिको प्रयोग गर्न विश्वव्यापी रुपमा सहकार्य आवश्यक रहेकोमा जोड दिएको स्पष्ट पार्नुभयो । 

जलविद्युत्को विकास गर्न नेपालमा प्रचुर सम्भावना रहेको भन्दै प्रधानमन्त्रीले समकक्षी एवम् सम्मेलनमा सहभागी राष्ट्रका सरकार प्रमुख एवम् व्यापारी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिनुभयो । 

सम्मेलनलाई काजकिस्तान, कोस्टारिका, मन्टेनेग्रो, पराग्वेलगायतका राष्ट्रका सरकार प्रमुखले सम्बोधन गर्नुभएको थियो भने अन्य मुलुकका सरकार प्रमुख एवम् उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । 

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नयाँ उचाइमा 

प्रधानमन्त्रीले ऊर्जासम्बन्धी उक्त शिखर सम्मेलनको औपचारिक निमन्त्रणाकै सिलसिलामा युएइका समकक्षी र अन्य उच्च पदस्थ राजनेतासँगको भेटघाटले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पत्रकार सम्ेमलनमा जानकारी दिनुभयो । “दुई मुलुकबीच रहँदै आएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध थप प्रगाढ बनाउने अवसरको रुपमा मैले भ्रमणलाई केन्द्रित गरे” प्रधानमन्त्रीले भन्नुभयो । २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको द्विपक्षीय सम्बन्ध ४० वर्ष पूरा भएको छ । 

नेपाली युवालाई लामो समयदेखि रोजगारी प्रदान गर्दै आएको युएइको विकासमा नेपालीको ठूलो योगदान रहेको र नेपालीलाई रोजगारी प्रदान गरेर जीवनस्तर सुधार ल्याउनुका साथै विप्रेषणले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गरेको प्रधानमन्त्रीको कथन थियो । 

लगानी भित्र्याउन जोड 

उहाँले द्विपक्षीय भेटवार्ताको क्रममा आफूले नेपालमा लगानीको वातावरण बनेकाले लगानी गर्न युएइका उद्योगी व्यापारी एवम् व्यवसायीलाई आग्रह गरेको जानकारी दिनुभयो । युएइले स्वच्छ, सफा र नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको विकास र त्यस्तो प्रविधिको उपयोग गरी नेपालमा पनि ऊर्जा क्षेत्रको विकास गर्न सकिने विषयमा द्विपक्षीय कुराकानी भएको र भूकम्प पछिको पुनः निर्माणमा सघाउन आफूले आग्रह गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । 

बमलाई रिहाइ गर्न आग्रह 

प्रधानमन्त्रीले युवराज शेख मोहम्मद र समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँगको भेटवार्तामा मृत्युदण्डको सजाय पाई दुवईको केन्द्रीय कारागारमा सन् २००३ देखि बन्दी जीवन बिताइरहेका अमबरबहादुर बमलाई रिहाइ गर्न आग्रह गरेको बताउनुभयो । 

द्विपक्षीय छलफलको क्रममा युवराज र समकक्षीले तत्कालै सम्बन्धित पदाधिकारीलाई बमको रिहाइका लागि निर्देशन दिएको समेत प्रधानमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

यस्तै उहाँले भ्रमणको क्रममा नेपाली कामदारले भोग्नुपरेको समस्या, महिला कामदारको समस्या र भ्रमण प्रवेशाज्ञामा नेपालीलाई पठाइ अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउन समेत पहल गरिएको उल्लेख गर्नुभयो । 

नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले उच्चस्तरको राजनीतिक तहमा सम्पर्क स्थापित भई द्विपक्षीय सम्बनधलाई सुदृढ तुल्याउन मद्दत पुगेको र युएइको लगानी आकर्षण गर्न, पर्यटन प्रवद्र्धन गर्न एवम् रोजगारीका थप अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास आफूले लिएको छु प्रधानमन्त्रीले भन्नुभयो । 

नकारात्मक प्रवृत्तिले काम गर्दैन 

प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई लिएर नकारात्मक कोणबाट भएको प्रचार मुलुक र जनताको लागि समेत ग्राह्य नभएको बताउनुभयो । उहाँले नेपाली सञ्चारमाध्यममा हरेक विषयलाई नकारात्मक कोणबाट मात्रै हेर्ने प्रवृत्तिको विकास भएको भन्दै त्यस्तो क्रियाकलाप गलत रहेको र कसैलाई फाइदा नगर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो “दुई लाखभन्दा बढी नेपालीको जीवन जोडिएको विषय छ । नेपालमा रहेको ऊर्जा सङ्कटको समाधानका लागि विभिन्न स्रोतको खोजी गर्नुछ । हरेक विषयमा नकारात्मक मात्रै खोजेर मुलुक कही पुग्न सक्दैन । सकारात्मक पाटोबाट पनि विषयवस्तुलाई बुझ्नु जरुरी छ ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने
Next Article विप्लब माओवादीको उदयपुर जिल्ला अधिवेशन हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सामाजिक सुरक्षा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

दुबई, कतार र कुवेत लगाएत देशहरुको पैसाको मुल्य बढ्यो (सुचिसहित)

57 years ago
काठमाडौँ - KTMविश्व

साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता प्रदान गर्ने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

ग्लोबल आइएमई बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?