Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, काठमाडौँ । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ७ गते हुने भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् । सवोत्कृस्ट जीवन : श्वाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानले २०६६ सालदेखि काठमाडौंबाट यस्तो अभियान थालेको हो । अहिलेसम्म यो आश्रमले अर्घाखाँची, मकवानपुर, बारा, चितवनलगायतका जिल्लाहरुमा आफ्नो अभियान विस्तार गरिसकेको छ ।

यो मानव सेवा आश्रमले अशक्त, अनाथ, अपांग, मानसिक असन्तुलनको सिकार भएका महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरेर खान,बस्न तथा कपडाहरुको समेत व्यवस्था गर्दै आएको छ ।

सोमबार भएको पत्रकार सम्मेलनमा आश्रमका उपाध्यक्ष (अभियान महासचिब) धर्मप्रसाद पौडेलले ललितपुर शाखाको उद्घाटन माघ ७ गते प्रमुख जिल्ला अधिकरीबाट हुने जानकारी दिएका थिए । उनले आश्रमका लागि सहयोग गर्न आग्रह पनि गरेका थिए ।

यो आश्रममा अहिले आठ जना बेसहरा वृद्धवृद्धाहरु बस्दै आएका छन् । उनीहरुमध्ये धेरैको स्वास्थ्य तथा मानसिक अवस्थासमेत बिग्रिएको छ । मानव सेवा आश्रमले देशभर स्थापना भएका आश्रमका शाखाहरुमा सडकमा अलपत्र परेका २०० जना असहायहरुलाई उद्धार गरेर सेवा गर्दै आएको छ ।

त्यस्तै कतिपय परिवारको पुनर्मिलनसमेत गराइएको छ । आश्रमले आफ्ना शाखाहरुमा रहेका असहायहरुका लागि खान र बस्न कठिन भएको भन्दै सक्दो सहयोगका लागि सबैलाई अपीलसमेत गरेको छ । आश्रमले आगामी २०८२ सालसम्म 'अनाथ-अलपत्र, सडकमानव मुक्त राष्ट्र' घोषणाको लक्ष्य लिएको छ ।