माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक"/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकता भुल्दै गए: खनाल

२०७३, २९ माघ शनिबार ११:५४

माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

आज राजधानीमा सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘राप्ती प्रवाह’ श्रद्धाञ्जलि स्मृति अङ्कको विमोचन गर्दै नेता खनालले स्व नेत्रलालबाट अहिलेका कम्युनिष्टले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । 

उहाँले स्व नेत्रलाल राष्ट्र र राष्ट्रियता तथा नेपाली जनताका अधिकार प्राप्तिका लागि निरन्तर लडिरहने बहुआयामिक नेता हुनुहुन्थ्यो भन्नुभयो । 

विसं २००१ मा दाङमा जन्मनुभएका नेत्रलाल २०४१ जेठ ६ गते सहादत हुनुभएको थियो । दङ्गाली जनताबीच माडसावका नामले परिचित नेत्रलाल समाज सुधारक पनि हुनुहन्थ्यो । 

सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा आयोजित उक्त विमोचन कार्यक्रममा नेकपा (माले)का नेता, सिपी मैनालीले नेत्रलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा प्रगतिवादी साहित्यकार र समाज सुधारक अभियन्ता हुनुहुन्थ्यो भन्नुभयो । 

कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका नेता मोहन वैद्यले देशघाती र देशद्रोहीलाई थर्कमान गराउनसक्ने नेत्रलाल जस्तै नेताको अहिले अभाव भएको बताउनभयो । 

हाल दाङको देउखुरी चैलाहीमा सहिद नेत्रलाल स्मृति भवन निर्माण भइरहेको छ । सो भवन निर्माणका लागि सरकारले रु ५० लाख उपलब्ध गराएको थियो । 

विमोचित उक्त पुस्तकका सम्बन्धमा साहित्यकार अमर गिरीले टिप्पणी गर्नुभएको थियो भने कार्यक्रममा वेदराम भुसाल, प्रदीप नेपाल, नारायण शर्मा, रामचन्द्र भट्टराईले स्व नेत्रलालको व्यक्तित्व र प्रकाशित कृतित्वका सम्बन्धमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ