माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हा"/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–ओली अतिवादका नाइकेः सांसद खम्बु

२०७३, २९ माघ शनिबार ११:४५

माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् ।

शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै सो धारणा राखेका हुन् । खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, क्षेत्रिय र नश्लिय भएको धारणा राखे । खुम्बुले माओवादीले जनयुद्ध थाल्नु पूर्व नै माओवादी र आफूहरुले कार्यगत एकता गरेको बताए ।

प्रचण्ड लगायतका नेतारुलाई जातिय र क्षेत्रिय उत्पिडनबारे बस्तुगत अवस्थामा सहमत गराएको बताउँदै भने, खम्बुले “हामीले प्रचण्ड बाबुरामहरुलाई जातिय मार्चा बनाउन सुझयौं, सोका कारण माओवादीले छोटो समयमै नब्बे प्रतिशत भूभागमा नियन्त्रण जमायो तर शान्तिप्रक्रिया पश्चात ओरालो लाग्यो । शान्ति प्रक्रियापछि प्रचण्डले खोलो तरेको लौरो बिर्सेपछि जातिय मुद्धा विसर्जनवादमा पुग्यो ।”

सांसद समेत रहेका खम्बुले वर्तमान संविधान पूर्ण नभएको बताउँदै परिमार्जन गर्दै लिन सकिने धारणा बताए । खम्बुले प्रचण्ड र केपी ओपी दुबै नेता अतिवाद नाइके भएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान संशोधन गर्नैपर्ने भन्नु र ओलीले कुनैपनि हालतमा हुँदैन भन्नु दुबै अतिवाद भएको उनको तर्क थियो । प्रचण्ड र ओली अतिवादका नेतृत्वकर्ता भएका कारण समस्या समाधान हुन नसकेको धारणा राखे ।

कार्यक्रममा पार्टीका उपत्यका अध्यक्ष ऋषि खम्बुले देशका समस्या समाधनको लागि जनता एकजुट हुनुपर्ने बताए । केन्द्रीय सदस्य राज्य खम्बु, राज्य राई, साँस्कृतिक प्रालीका श्यम कुमार राई, सोलुखुम्बु अध्यक्ष रामकाजी राईलगायतले पनि धारणा राखेका थिए ।

विभिन्न पार्टी परित्याग गरी ममता राई, मुक्ति सेर राई, इन्दिरा राई, मनिशा सुनुवार, मोहन राई, राकेश पाण्डे, रामकृष्ण बेगारीलगायत दुई दर्जन खम्बुवान मोर्चामा प्रवेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ