फागुन ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाध"/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टै महाधिवेशन गर्ने माधव नेपाल पक्षधर युवा संघको चेतावनी

२०७३, ५ फाल्गुन बिहीबार १२:३८

फागुन ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ।

बिहिवार रिपोर्टर्स क्लब नेपालमा नेपाल पक्षधरले पत्रकार सम्मेलन गरेर संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी प्रमाङिगको शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र जायज मागहरू सम्बोधन नगरि उपेक्षा गरिएमा ०७४ बैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको छ ।

संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाईएको कुरालाई अझैपनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरि एकलौटी रुपमा युवा संघ कब्जा गर्न उद्त रहेको आरोप लगाईन् ।

उनले भनिन्,‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानिय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागि परेका कार्यकर्तालाई गुटगत हिसावमा बिभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्न चिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौँ।’

उनले अघि थपिन्,‘यदि एक साताभित्र अन्तरजिल्ला कमिटि खारेज गरिएको स्थितिमा पुनः कृयाशिल गराउने काम संघका नेतृत्वबाट भएको छ, यो हामीलाई मान्य छैन्, हामी एमालेको बिचारमा र सिद्धान्तमा बाँधिएर देश र जनताको भलाईको निम्ति लागि परेका यूवा वर्ग हौँ।’

महाधिवेशनको नाम र अध्यक्ष पदको लागि मात्रै तपाईहरुको बिरोध त होईन ? भनेर पत्रकारले सोधेकोे प्रश्नको जवाफमा उपाध्यक्ष पन्तले भनिन्,‘सत्यको वकालत गर्दा कुण्ठा र पदको लागि हुन्छ भने त्यसमा मेरो भन्नु केही छैन््, म एमाले पार्टीको आधिकारिक विधि र विधानलाई शिरोधार्य गर्ने मान्छे हुँ, नीति विपरित कसैले काम गर्छ र गर्दैछ भने त्यसको विपक्षमा उभिने मान्छे हुँ, हाम्रा तमाम साथीहरूको माग भनेको विवादरहित यूवा संघ बनाउने हो, हामी यसै मार्गमा अघि बढेका छौँ।’

त्यस्तै संघका सचिव हस्तबहादुर शाहीले प्रेस विज्ञप्ति वाचन गर्दै केही यूवा साथीहरू विचार भन्दा पनि दलबलको आधारमा पार्टीको विधानलाई कुल्चेर अन्तरजिल्ला कमिटिलाई स्वतन्त्र संगठन हो भनेर प्रचार गर्नु आफैमा लज्जाको विषय भएको टिप्पणि गरे।

त्यस्तै अर्का सचिव नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजेको ओरोप लगाए ।

उनले भने,‘पार्टीको नियमावली विपरितका सांगठनिक संरचनाहरूलाई क्रियाशिल गर्नु भनि एमाले पार्टी संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले पत्र लेख्नु अराजनीतिक काम हो, यस्ता कामले संगठनलाई मात्रै होईन,पार्टीलाई पनि फाईदा गर्दैन।’

उनले फरक प्रसँगमा संविधान कार्यन्वयनको चरणमा रहेको बेला संघका यस अुनसारका सांगठनिक संरचना निमार्ण गरेर महाधिवेशनमा जानुको साटो पुरानै संरचनामा फर्किने कुरा संस्थापन पक्षको प्रतिगामी कार्य भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ