फागुन १२, काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । 

महाशाखाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । 

महाशाखाल"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रिमा नौ स्थानमा सवारीसाधन प्रवेशमा रोक

२०७३, १२ फाल्गुन बिहीबार ११:०१

फागुन १२, काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । 

महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो । 

यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारीसाधनलाई गौरीघाटतर्फ, सिनामङ्गल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ । 

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्रोड परिक्रमा गर्ने याुत्रबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगङ्गासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । 

रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ । 

यस्तै कलङ्की, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारीसाधनलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ । रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने सवारीसाधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ । 

यस्तै शङ्खमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने सवारीसाधनलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ । 

यसैगरी विदेशी पर्यटकका सवारीसाधनलाई तिलगङ्गा, भारतीय दर्शनार्थीका साना सवारीसाधन र पासवाला सवारीसाधनलाई अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारीसाधनलाई सिफल चौर, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय र बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारीसाधनलाई गुह्येश्वरीमा पार्किङको व्यवस्था मिलाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट