

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेसहितका महत्वकांक्षी लक्ष्य समेटिएको छ
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा एक दशकभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्याउने, वार्षिक एक सय अर्ब वैदेशिक लगानी भित्राउने, वार्षिक तीन लाखभन्दा बढी रोजगारी सृजना गर्नेलगायत समावेश छन् ।
उसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ ।’


