दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । 
2026-07-25 01:48 AM
कालिकोट - KLK

सचेतनाको दुरुपयोग किन ?

दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । 

सब्य समाजको निर्माणको लागि मानिसले सिकेका सचेतनशिल ज्ञान ब्यवहारमा लागु नगरी दुरुपयोग गरेको भन्दै यस्तो आरोप लगाउनु भएको हो । हरेक ब्यक्तिले सभ्य समाज निर्माणको लागि हरेक क्षेत्र तथा निकायबाट जानकारी तथा ज्ञान पाएपनि उसले ब्यवहारत प्रयोगमा ल्याउन ब्यवास्था गर्ने गरेको बताउनु भएको छ । 

उदाहरण सहित बताउदै सुबेदीले बच्चाहरुलाई सुर्तिजन्य, मदिरा, लागुपदार्थ खानु हुन्न यसले शारीरिक तथा मानसिक असर गर्छ भन्ने पूर्ण ज्ञान हुदाहुदै बालबालिका नै प्रयोग गरेर पोसारपोसार गर्ने, सेवन गर्न अभिप्रेरित गराउने जस्ता काम गर्ने गरेको बताउनु भएको छ ।

जिल्ला प्रशासनमा नागरिकता बनाउने प्रशंगलाई जोड्दै प्रजिअ सुवेदीले कुनैपनि बालक जन्मिएको ४८ घण्टा भित्र जन्मदर्ता गराई सक्नु पर्छ भन्ने पूर्ण ज्ञान हुदाहुदै पनि मानिस प्रशासनमा नागरिकता बनाउन आउदा उतिखेरै जन्मदर्ता गराएर आउने गरेको बताउनु भयो । 

जिल्ला बालकल्याण समितिको आयोजना सेभ द चिल्ड्रेनको सहयोग किर्डाक नेपाल कालिकोटको सहजिकरणमा “बाल अधिकार सबैको सरोकार” भन्ने मुल नाराका साथ संचालित बाल संरक्षण तथा मामला ब्यवस्थापन सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रममा सहजिकरण गर्दै सुबेदीले हरेक अधिकार, जिम्मेवारी, ब्यवहार, दायित्व, कर्र्तब्य जस्ता हरेक शैद्धान्तिक कुरामा मानिस पूर्ण सचेत भएपनि यसको ब्यवास्थापनका कारण चुनौति थपिदै गएको बताउनु भएको छ ।

जिल्ला बालकल्याण समितिका पदाधिकारी र सम्बन्धित सरोकारवाला विच बाल अधिकार संरक्षण, सवाल र जोखिम क्षेत्रको पहिचान, नीतिगत तथा कानुनी प्राब्धान लगायतका शैद्धान्तिक ज्ञान आदान प्रदानका लागि आयोजित अनुशिक्षणमा तत्काल जिल्लाका प्रमुख बजार केन्द्रमा सडक तथा होटल बालबालिकाको तथांक तथा उनीहरुको अवस्था पहिचान गर्ने, बालबिवाह न्यूनिकरण, जोखिममा रहेकाको अवस्था पहिचान, त्रैमासिक रुपमा बालसंरक्षणका सवालमा बहस लगायतका १७ बुदे कार्ययोजना पत्र समेत तयार पारिएको छ । 

प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदी, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजय विश्वकर्मा, बाल अधिकृत बाले विश्वकर्मा, प्रहरी इन्सपेटर सूर्य बहादर बोगटी, महिला तथा बालबालिका कार्यालयका धन बहादुर मल्ल, किर्डाक नेपाल कालिकोटका बाल अधिकृत धनिराम न्यौपानेले अनुशिक्षणको सहजिकरण गर्नु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक