By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    59 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?
काठमाडौँ - KTMलेख

स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

साझासवाल
Last updated: April 25, 2017 11:41 am
साझासवाल
8 Min Read
Share

तिलक कार्की (रामेछाप)|

स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानुनले प्रशिक्षित वनाउन सक्ने हुनु पर्दछ । राम्रो कामको थलनी गर्ने, समाजलाई आर्थिक रुपले सम्पन्न गराउन तर्फ उन्मुख हुने, समाजको खाका कोर्न सक्ने जसले सामाजिक विकृति, विसंगति, वेमेल, असन्तुष्टिलाई न्युनिकरण गर्न सक्ने होस् । कुटनीतिमा चतुर जसले प्रतिस्पर्धि स्थानीय तहमा आफूलाई उभ्याउन सकोस् । युवा, बृद्ध, बालबालिका, महिला, गरीव तथा छेउलागेका वर्गको पक्षपाति होस् जसले समतामूलक समाज निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् । समयपालक जसले कदर, सम्मान तथा माया गर्न जानेको होस् । सदाचारी, मितव्ययी, जसले समाजलाई सम्बृद्ध तर्फ उन्मुख गराउन तर्फ लागि पर्ने होस् । स्पष्ट वक्ता, कर्मयोगी जसले असल खराव छुट्याउदै स्थानीय तहमा उत्पादन भोगी नागरिकको उत्पादन गर्नमा लागि परोस् ।

आफ्नो भुगोलमा बस्ने, क्रियाशील हुने, सदाचारी, जनप्रिय, समुदाय प्रति जवाफदेहि, लक्ष्यमा पारदर्शि, नागरिक अभिमत भएको, अन्य राजनैतिक दलका मान्छेले पनि ठिकै छ भन्ने नेताको खाँचो छ । चुनावी उम्मेद्वार इमान्दारी, कर्तव्य परायण, योग्यता र लोकप्रियता भन्दा निगाहा, मुड्की र धनको प्रयोगकर्ता रोजिन्छ भने कस्तो संस्कारको विकास होला ? जातिय, धार्मिक, भाषिक, क्षेत्रिय तथा सम्प्रदाय केन्द्रीत नेताबाट कस्तो आशा गर्ने ? धन खर्च गर्नेले कमाउन खोज्छ, झगडा गर्नेले बदला लिन खोज्छ, अनि हल्ला खल्ला गर्नेले भाड्न मात्र खोज्छ । अझ साम्प्रादायिक रुपमा जित्नेले त आफ्नो सम्प्रदायको स्वार्थ भन्दा माथि जानै सक्दैन । कसरी हुन्छ परिकल्पना गरिएको पूर्ण स्थानीय निकाय ? पैसाको बलले जितेकाबाट के अपेक्षा गर्ने ? टाँट पल्टेका नेताले टाँट पल्टेका बेरोजगार कार्यकर्ता मात्रै उत्पादन गर्ने गर्छन । चुनावी ऋण तिर्न उसको तलवले मात्र पुग्दैन अनि विकास योजना ताक्नु परेन ? सफा धन्दा वा उद्यमशील भएका नेताले तस्कर वा ठेकेदार ताक्नु नै पर्दैन । आफ्नो गरी खाने सफा धन्दा नभएका कार्यकर्तालाई पनि पेट पाल्न हैन, चन्दा माग्न, लाठी, ढुङ्गा हान्न सिकाउनेलाई भोट दिएर नेता किन बनाउने ? 

स्थानीय तहमा संभावना, समस्या, नागरिकको आवश्यकता तथा मागमा आधारित भइ विकास गतिविधि संचालन गर्न सक्ने नेतृत्वको खाँचो पर्दछ । स्थानीय शासन तथा विकास प्रकृयामा सरकारी, निजी तथा सामुदायिक साझेदारीको अवधारणा, सरकारी गैरसरकारी निकाय बीच साझेदारी, समन्वय र सहकार्य गरी दीगो विकासमा टेवा दिन सक्नु पर्दछ । हाल विद्यमान गरीवि, बेरोजगारी र असमानता, असन्तुलित शक्ति सम्बन्ध तथा वञ्चितिकरण चुनौति रहेको समाजमा व्यवसायिक औद्योगिकरणको अवसर र सोचमा समेत परिवर्तन ल्याउनु पर्दछ । आर्थिक, सामाजिक तथा भौगोलिक दृष्टीकोणले पिछडिएका वर्ग, जाति, जनजाति, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु तथा जेष्ठ नागरिक र क्षेत्र समावेशी विकासलाई प्राथमिकता दिइ सामाजिक सशक्तिकरण, सीप विकास, उद्यम प्रवद्र्धन तथा आयआर्जनका क्रियाकलाप संचालन गर्न सक्ने नेतृत्व आजको खाँचो हो । स्थानीय श्रम, सीप, साधन, स्रोत र जनसहभागिताको अधिकतम परिचालन गर्ने, सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने नेता आजको आवश्यकता हो । निर्वाचित पदाधिकारीको आर्थिक, सामाजिक र मानवीय विकास, समावेशी, समन्यायिक र वातावरण रुपमा सन्तुलन कायम गरी पूर्वाधार सम्पन्न स्थानीय निकाय वनाउने प्रमुख जिम्मेवारीमा पर्दछ । संस्थागत विकास, मानव संसाधन तथा सुशासन प्रमुख अवसर र चुनौति रहने छन् । दुई दशक जन निर्वाचित पदाधिकारी नभएको, सहमति र सहकार्यको अभ्यासमा चलेको संयन्त्र, खाइमासी पल्केका केहि पेसेवर व्यक्ति तथा संस्था, वेथितिले गाँजिएको समाज, अनियमितता, भ्रष्टचार, घुसखोरीमा व्यप्त स्थानीय निकायलाई मूलधारमा ल्याउन सजिलो भने छैन । गतिशील समाज, अन्तराष्ट्रिय अभ्यास, साँघुरिएको विश्व परिवेशमा पुरातन शैलीले आजको स्थानीय निकाय संचालन गर्न कठिन छ । नागरिकले साँच्चिकै चाहेको परिवर्तन गर्ने हो भने दृढ संकल्पी, जोस, जाँगर भएको केही गर्छु भन्ने कुसल, जिम्मेवार, विधिमा चल्ने, प्रतिवद्ध नेतृत्वबाट नै रोज्नु पर्दछ । आज राजनैतिक र सैद्धान्तिक मतभन्दा माथि उठेर व्यक्तिलाई मत जाहेर गर्नु पर्ने खाँचो देखिन्छ । यसबाट राजनैतिक दललाई नैतिक दवाव सृजना भइ आगामी निर्वाचनमा सक्षम, नागरिकले रुचाएको, निस्वार्थी समाज सेवामा लाग्ने नेता आफ्नो दलबाट पठाउन वाध्य हुनेछन् । 

साँढे पाँच दशक अघि निर्धारण गरिएको गाविस तथा इलाकाहरुको सिमानालाई संवैधानिक रुपमा व्यवस्थित गर्ने प्रकृयामा छौं । नेपालको संविधान २०७२ ले राज्यका शासकीय इकाईका रुपमा संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरेको छ । स्थानीय तहमा स्थानीय सरकारको रुपमा कार्यपालिका र व्यवस्थापिकाको व्यवस्था गरिएको छ । विशेषतः गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई स्थानीय तहको रुपमा राखिएको छ । स्थानीय कार्यपालिकाको रुपमा गाउँकार्यपालिका र नगरकार्यपालिका रहने छन् । स्थानीय व्यवस्थापिकाको रुपमा गाउँसभा र नगरसभा रहने छन् । जिल्ला सभा र जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वयकारी भूमिका दिइएको छ । केही महत्वपूर्ण विषयमा स्थानीय व्यवस्थापिकाले समेत कानुन बनाउन सक्ने गरी संवैधानिक व्यवस्था गरिएको छ । 

स्थानीय तहका लागि २२ वटा अधिकार प्रत्यायोजन गरिएको छ । जसमा प्रहरी, सहकारी संस्था, एफएम संचालन, स्थानीय कर, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीय आयोजना तथा परियोजनाहरु, आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिँचाइ, गाउँसभा, नगरसभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्धताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घरजग्गा धनीपुर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सहकारी, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, बेरोजगारहरुको तथ्यांक संकलन, कृषि प्रसार व्यवस्थापन, संचालन र नियन्त्रण, खानेपानी साना जलविद्युत् आयोजना, बैकल्पिक ऊर्जा, विपद् व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण र भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास जस्ता अधिकारहरु संविधानले स्थानीय तहलाई दिएको छ । 

हुन त यो स्वार्थी दुनियाँमा रोजे जस्तो, खोजे जस्तो र चाहे जस्तो आशा लाग्दो नेतृत्व पाउन कठिन छ । तथापी अनुयायीहरू भएको, आचरण, क्रियाशील आपसी सम्बन्ध भएको, विभिन्न गुण जस्तै आत्मविश्वास, स्फूर्ति, सहिष्णुता, सत्यनिष्ठा युक्त भएका, अरुलाई प्रभावित गर्न सक्ने क्षमता भएको नै आज खोजिएको नेता हो । यसका साथै अनुयायीका कामको एकीकरण गर्न सक्ने क्षमता भएको, सामुहिक हितको एकतामा नेताको गुणहरु बहुआयामिक र व्यापक हुनुपर्छ । समूहमा निर्वाह गर्नुपर्ने औपचारिक भूमिका मात्रले नेताको भूमिका पुरा हुन सक्दैन बरु उसले निर्वाह गर्नुपर्ने व्यक्तिगत भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ । नेताहरु हरेक परिस्थितिसँग सामना गर्न सक्ने गुणवान र क्षमतावान हुनु पर्दछ । नेतामा हुनुपर्ने केही गुणहरु मध्ये अरुको कुरा सुन्न सक्ने क्षमता भएको, सही र तुरुन्त निर्णय लिन सक्ने क्षमता भएको सबैलाई बराबरी समय दिन सक्ने क्षमता भएको  नेता चाहिँएका हो । यसका साथै अर्काको ठाउँमा बसेर उसको मर्म बुझ्न सक्ने क्षमता भएको, उत्साही खालको, विश्वासिलो, समूहको प्रतिकात्मक (समूहको प्रतिकको ) रुपमा, ईमान्दार र जेहेन्दार, राम्रो व्यक्तित्व भएको, निष्पक्ष, उदार हृदय भएको र समय अनुसार अगाडि बढ्न सक्ने क्षमता भएको नेता हामीले चाहेको हो । यसका लागि उम्मेद्वार छनौटदेखि नै राजनैतिक दलले ख्याल गरी निर्वाचनमा पठाउँनु आजको आवश्यकता र समयको माग हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यस्तो छ नेपाली कांग्रेसको पपुलिष्ट चुनावी घोषणापत्र
Next Article बस र टाटा सुमो ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

रुवि खानसहितका अधिकारकर्मीलाई प्रहरीले छाड्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

57 years ago
काठमाडौँ - KTMसमाज

नेपाल टेलिकमले गर्‍यो २ कर्मचारीलाई बर्खास्त

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रदेश सरकार प्रतिस्पर्धात्मक विकासमा उत्रनुपर्छ: प्रधानमन्त्री

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?