By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    39 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    27 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    53 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘उम्मेदवारको ठूला आश्वासन मतदाताले पत्याएनन्’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘उम्मेदवारको ठूला आश्वासन मतदाताले पत्याएनन्’
काठमाडौँ - KTMराजनीति

‘उम्मेदवारको ठूला आश्वासन मतदाताले पत्याएनन्’

साझासवाल
Last updated: June 17, 2017 12:05 pm
साझासवाल
4 Min Read
Share

नीरज गौतम/असार ३, नेपालगन्ज । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका प्रायः सबै उम्मेदवारले पाँच वर्षभित्र नेपालगन्ज सहरको कायापलट गर्ने मतदातालाई आश्वासन दिने गरेका छन् । 

तर, यहाँका मतदाता भने उनीहरुको आश्वासन पत्याउन तयार छैनन् । ‘वर्षात्को समयमा हरेक वर्ष डुबानको नियति भोग्न बाध्य यो सहरको कायापलट पाँचभित्र गर्छु भन्नु मत लिने ठाडो झुट बाहेक अरु केही हैन’–नेपालगन्ज–१३ का मतदाता हरिनारायण पौडेलको टिप्पणी छ । 

यहाँका मतदाताहरु भन्छन् –‘उम्मेदवारले गर्न सक्ने, पत्याउन सक्ने कुरा पो गर्नु पर्छ । नेपालगन्जका नागरिकहरु स–साना समस्यावाट आक्रान्त छन् । त्यसको समाधानको कुरा नगरेर एकैपटक ठूला काम गर्छु भन्नु उम्मेदवारले मतदाताको चेतनास्तरलाई कम आकलन गर्नु बाहेक अरु केही हैन ।’ 

हुन पनि यहाँका मतदाताले भने जस्तै नेपालगन्ज उपमहानगरपालिकालाई नेपालकै फोहरी नगरपालिका भन्ने गरिएको वर्षौ भयो, त्यसको समाधान हुन सकेको छैन । यो सहरभित्र स्तरीय बाटोघाटो छैन, पानीको निकास छैन, ढल छैन, छाडा चौपाया नियन्त्रण हुन सकेको छैन, गाँउसँग नगरलाई सडक सञ्जालले जोड्न सकिएको छैन । यो समस्या समाधान गर्छु भनेर उम्मेदवारले मतदातालाई भन्न सके उनीहरुलाई पत्याउने आधार पनि हुने थियो । 

यो सहरका चिडिमार, घसियारा समुदायको दैनिक जीविकोपार्जनको समस्या, बालश्रम मुक्त जिल्ला घोषणा गरिए पनि करिब तीन हजारको हाराहारीमा बालश्रमिक हुनु, टोलटोलमा त टाढाको कुरा सहरभरिमा पाँच वटा मात्र सार्वजनिक शौचालय हुनु, सडक पेटी अतिक्रमण गरी व्यापार, व्यवसाय सञ्चालन गरिनु, ट्राफिक नियमको पालना गराउन नसक्नु यहाँको थप समस्याको हो । 

तर, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरु भने ठूला कुरा गरेर मत पाउने मानसिकताबाट प्रभावित हुनुले आम मतदाताको मन जित्न नसक्ने निश्चित छ । 

राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको कथन छ – ‘स्थानीय निर्वाचन भएकाले टोलवासी, नगरवासीको दैनिक समस्या समाधान गर्ने कुरा उम्मेदवारले मतदातासँग गर्नुपर्छ । राष्ट्रिय योजनास्तरका विकास निर्माणका आश्वासनलाई उनीहरुले पत्याउने छैनन् ।’ 

अहिले आ–आफ्नो पार्टीको झण्डा, चुनाव चिन्ह अंकित पर्चा, पोष्टर बोकेर माइकिङ्ग गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातासँग साक्षात्कार गर्न व्यस्त देखिन्छन् । 

नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा भने मुख्यतया तीन ठूला दलबीच नै कडा प्रतिस्पर्धा हुने राजनीतिक वृत्तमा पूर्वानुमान गरिएको छ । 

सो उपमहानगरपालिकाका लागि नेपाली काँग्रेसले डा सुरेशकुमार कनौडिया, नेकपा (एमाले) ले समसुद्धिन सिद्धिकी, नेकपा माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा धवल शम्शेर राणालाई प्रमुख पदको उम्मेदवार बनाएका छन् । 

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख बसन्तराज अधिकारीका अनुसार, बाँके जिल्लाका कुल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् । कुल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रो लिङ्गी एक जना रहेको जनाइएको छ । 

निर्वाचनमा मतदाताले सहज रुपमा मतदानमा भाग लिन सकुन् भन्ने उद्देश्यले जिल्लाका १३६ मतदान स्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजना समेत निर्माण गर्ने प्रक्रियालाई अघि बढाएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राससलाई बताउनुभयो । 

‘सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजना अन्तर्गत जिल्लाको ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौं’–प्रजिअ पन्थको भनाइ छ । 

सुरक्षा व्यवस्थापनअन्तर्गत भारतसँग सीमा जोडिएको जिल्ला भएकाले भारत र नेपालको संयुक्त सुरक्षा फौजले सीमा क्षेत्रमा संयुक्त गस्ती गरिरहेको, गाँउवस्ती, सहरका टोलटोलमा सुरक्षालाई थप चुस्त बनाइएको पनि प्रजिअ पन्थले जानकारी दिनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहिलो पटक कानुनको बिद्येयकबारे डडेल्धुरामा नागरीक संवाद
Next Article भुकम्प गएको २५ महिनापछि अनुदान सम्झौता शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

विधेयक संसद्समा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको छानबिन सुरु

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

‘आईएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?