रास्वपाकाे बन्दसत्र सुरू

Sajha Sabal
1 Min Read

काठमाडौँ | रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो। बन्द सत्रलाई अहिले सभापति लामिछानेले सम्बोधन गरिरहेका छन्। हिजो बिहान सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ। बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ।

Share This Article