जेठ १३, काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणासँगै बालेन शाहको विजय उत्सव शुरु भएको छ ।

मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।

र्याली मतगणनास्थल राष्ट्रिय सभागृहबाट शुरु भएर भद्ररकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ ।

त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडीबुटी पुगेर पुनः कोटेश्वर–तिनकुने फर्किएर सिनामंगल–एयर्पोर्ट–तिलगंगा–गौशाला–चावहिल–महाराजगंज–सामाखुसी–नयाँ बसपार्क पुग्नेछ ।

र्याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु–त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

स्वतन्त्र उम्मेदवार शाह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।