१) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगे"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारी मनले पार्टी परित्याग गरेको हो, राप्रपालाई धन्यवाद -कमल थापा

२०७९, २३ श्रावण सोमबार ०९:५५

साउन २३, काठमाडौँ |

१) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद दिन चाहन्छु । जानेर वा नजानेर भएपनि उक्त निवेदनले राप्रपा नेपालको दाविलाई धेरै ठूलो सहयोग पुगेको छ । तर, सो निवेदनमा व्यक्त दुराशयले भने अलि खिन्न बनाएको छ । वास्तवमा राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिचार र मान्यतामा धेरै समानता छ । केही विषयमा मतभेद छ, तर त्यो पनि कालान्तरमा निराकरण हुने विषय हो ।

विगतमा तत्कालिन राप्रपाका सबै हस्तिहरु गणतन्त्रको पक्षमा रहँदा हामीले राजासहितको प्रजातन्त्रको एजेण्डा बोकेका थियौँ । पछि सबै त्यही बिचारमा समाहित हुन आउनु भयो । राजा वा राजसंस्था हामीले परिकल्पना गरे अनुसारको साझा अभिभावक बन्न नसक्ने र एउटा पार्टीको पनि एकपक्षको पक्षपोषणमा उत्रिए पछि देशको धरातलिय यथार्थ र जनभावनाको सम्मान गर्दै हाम्रो मान्यतामा हामीले केही परिमार्जन गरेका हौँ ।

विगतमा झै हाम्रै बैचारिक लाईनमा सबै आउनु पर्ने यथार्थ घाम झै छर्लङ्ग छ । त्यसर्थ केही प्रारम्भिक तिक्तताका वावजुद भविष्यमा दुवै पार्टी बिच सहकार्यको संभावना सदैव जिवित छ । देशमा बलियो राष्ट्रवादी शक्ति बनाउने सन्दर्भमा त्यो आबश्यक पनि छ । यो वास्तविकतालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्वले शायद बुझ्न सकेको छैन । नत्र राप्रपा नेपालको “गाई” चिन्ह पाउँ भन्ने मागमा अवरोध खडा गर्ने हेतुले सर्वोच्च अदालतमा आउने थिएन ।

२) राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा पेश गरेको निवेदनले म माथी पार्टी फुटाएको भनि लाग्दै आएको आरोप गलत थियो भन्ने साबित गरि दिएको छ । उक्त निवेदनमा स्वयं राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिकरूपमा “कमल थापा पार्टी अध्यक्षमा पराजित भएपछि विधिवत दल विभाजन नभई निज कमल थापा एकल व्यक्तिले राप्रपा पार्टी परित्याग गरी लाक्पा तामाङ अध्यक्ष रहेको राप्रपा नेपालमा प्रवेश गरेको” भनि अदालत समक्ष लिखित जानकारी दिएबाट पार्टी विभाजनको आरोपबाट मैले मुक्ति पाएको छु । यसमा सामान्य 'करेक्सन' गर्न चाहन्छु। वास्तवमा पार्टी अध्यक्षमा पराजित भएपछि होईन, हाम्रो मूलभूत मान्यतामा आघात पुगेपछि र त्यसलाई पार्टी भित्रै बसेर सुधार गर्ने संभावना नदेखे पछि तथा पार्टी भित्र गलत प्रवृत्ति हावी भएपछि महाधिवेशन सम्पन्न भएको करिव ३ महिना पछि मात्र मैंले अत्यन्त भारि मनले पार्टी परित्याग गरेको हो।

३) यसैगरी “जहाँ कमल थापा, त्यहाँ गाई” भन्ने मानसिकताबाट प्रेरित भएर कमल थापाले “गाई” चिन्ह माग गरेको भनि राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वोच्च अदालतमा निवेदन दिएबाट विगतमा कमल थापाले “गाई बेच्यो” भन्ने आरोपबाट समेत मैले मुक्ति पाएको छु । वास्तवमा “गाई” चिन्ह नछोड्ने र “हलो” चिन्ह नलिने हो भने पार्टी विभाजन हुन्छ भन्ने त्राश देखाई मलाई एक्लो पारेर “गाई” छोड्न वाध्य पार्नेहरु नै अहिले सर्वोच्च अदालतमा “गाई” आफ्नो पार्टीको पर्यायवाची भएको भन्दै अदालतमा वकालत गर्न आउँदा म आश्चर्यचकित र रणभुल्लमा परेको छु ।

४) राप्रपाको तर्फबाट पेश गरिएको निवेदनका विभिन्न प्रकरणमा बहुदलिय व्यवस्था पुनःस्थापना पछि “गाई” चिन्ह कुन कुन पार्टीले प्रयोग गरेको थियो भन्ने विषय उल्लेख छ । यही विषय रिट निवेदकका रुपमा हामीले पेश गरेको निवेदन र संलग्न दस्तावेजमा उल्लेख भएका छन् । त्यसले विगतमा “गाई” चिन्ह प्रयोग भएको र त्यसले राष्ट्रिय चिन्हको सम्मान र संरक्षणमा कुनै वाधा व्यवधान नपरेको हाम्रो दाविलाई थप पुष्टि गरेको छ ।

५) “गाई” चिन्ह र राप्रपा पर्यायवाची भन्ने दाविको कुनै कानुनी आधार छैन । साथै, “गाई” चिन्ह राप्रपाको पहिचानसँग गाँसिएको हो भने सो चिन्ह छोडेर/परिवर्तन गरेर “हलो” किन लिएको भन्ने प्रश्न स्वभाविकरुपमा उठछ । लामो समयसम्म “गाई” चिन्ह प्रयोग गरेको आधारमा राप्रपाको पहिचानसँग गाँसिएको तर्क गर्ने हो भने बहुदलीय व्यवस्था पछि हालसम्मको कुरा गर्ने हो भने राप्रपा (थापा) को उन्नाईस महिना (२०४७-४८) र तत्कालिन राप्रपा नेपालसँग गाँसिएर एकिकृत राप्रपा भएको कुल पाँच वर्ष (२०७३-७७) वाहेक करिव २६ वर्ष राप्रपाले “हलो” चुनाव चिन्ह प्रयोग गर्दै आएको छ । त्यति लामो समय प्रयोग गरेको चिन्हको तुलनामा केही वर्ष प्रयोग गरेको चिन्हसँग पहिचान गाँसिएको तर्क अनौठो छ ।

६) कुनै कालखण्डमा एक दलले प्रयोग गरेको चिन्ह कालान्तर सम्म कसैलाई प्रयोग गर्न दिनु हुँदैन भन्ने दावि हास्यास्पद छ । दुई वा दुई भन्दा बढी दलहरु गाभिएर एउटै दल भएको अवस्थामा पुरानो दलले प्रयोग गरेको चिन्ह कानुनतः एकवर्ष “फ्रिज” हुन्छ । त्यसपछि त्यो चिन्ह अन्य पार्टी वा स्वतन्त्र उमेदवारले प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । कुनै पार्टीले एक समयमा प्रयोग गरेर छोडेको चिन्ह अन्य पार्टीले प्रयोग गर्न कानुनले निषेध गरेको छैन । वास्तवमा एउटा पार्टीले छोडेको चिन्ह अन्य दलहरूले प्रयोग गरेको थुप्रै उदाहरण छन् । राप्रपा नेपालले हाल अस्थायि रुपमा प्रयोग गरी रहेको चिन्ह “तीर” पनि तत्कालिन राष्ट्रिय जनता पार्टीको थियो । स्वयं निवेदकले पेश गरेको निवदेनमा नै २०७३ सालमा राप्रपाले छोडेको “हलो” पशुपती शमसेर राणाको नेतृत्वमा २०७४ भाद्र २२ मा गठित राप्रपा(प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनीको नेतृत्वमा २०७३ चैत १९ मा गठित राप्रपा(राष्ट्रवादी)ले “हलो” चिन्ह लिएको तथ्य उल्लेख छ । केही समय अघि मात्र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टीले प्रयोग गरेको “आँखा” चिन्ह निजले छोडेपछि नेपाल समाजवादी पार्टीले लिएको र अहिले फेरी स्वयं डा. बाबुराम भट्टराई र महेन्द्र यादव अध्यक्ष भएको पार्टीले “आँखा” चिन्ह लिएको तथ्य सार्वजनिक भएको छ ।

६) पहिले हाम्रो पार्टीको चिन्ह थियो, त्यसैले त्यो अरुलाई दिनु हुन्न भन्ने मान्यता स्थापित हुने हो भने भविष्यमा यस्ता थुप्रै मुद्दाहरु आउँछन् । माधव नेपाल जीको पार्टीले पनि “सूर्य” चिन्ह नेकपा(एमाले) लाई दिनु हुन्न भनि माग गर्ने बाटो खुल्छ ।

८) “जहाँ कमल थापा, त्यहाँ “गाई” भन्ने भनाई केवल राजनीतिक नारा जस्तो भयो । यसको जवाफ त राजनीतिक पक्षबाट मात्र हुनसक्छ । सर्वोच्च अदालतबाट यसको निराकरण हुन सक्दैन ।

९) राप्रपाको झण्डमा रहेको “गाई” रहेकोले राप्रपा नेपाललाई दिन मिल्दैन भन्ने तर्कको पनि कुनै कानुनी आधार नै छैन । विभिन्न पार्टीहरुले एउटै झण्डा प्रयोग गरेको र निर्वाचन आयोगले मान्यता दिएको उदाहरण छ । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीहरुको झण्डा एकै प्रकारको छ । राप्रपा नेपालको “गाई” चिन्ह हुँदा राप्रपाले चाहेमा “गाई” अंकित झण्डा प्रयोग गर्न नपाउने कुनै कारण छैन । कतिपय कम्युनिष्ट पार्टीहरुको झण्डामा प्रयोग भएको “हँसिया हथौडा” नेकपा(माओवादी केन्द्र) को चुनाव चिन्ह रहेको तथ्य स्पष्ट छ ।

१०) निवेदकको दावि नितान्त मनोगत र राजनीतिक कुण्ठाले भरिएको छ । निवेदनको झटारो फ्याँकेर अदालती प्रक्रिया लम्ब्याउन सकिनछ कि भन्ने दुराशय देखिन्छ । सो निवेदनको कुनै कानुनी आधार र तर्क छैन । बरु “गाई” चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय कानुनसम्मत थिएन भन्ने पुष्ठि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो