2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकारी निर्देशक बनाइदिन्छु भन्दै श्रममन्त्रीले मागे चुनावी खर्च

भदौ ४, काठमाडौं | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ ।

मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपि, सिफारिसमा परेकाहरूले नियुक्ति खानका लागि राजनीतिक भेटघाटलाई अघि बढाउँदै आइरहेका छन् ।


कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्रीका रूपमा कार्यरत छन् । मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्ड तथा अन्य विभिन्न कोषबाट समेत मिलाएर चुनावी खर्चको व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउने गरी गृहकार्य अघि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरूमा डा। द्वारिका उप्रेती, निर्मलकुमार उप्रेती र युवराज बस्नेत छन् । तीनै जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको भए पनि मन्त्रिपरिषद् बैठकले मन्त्री कुँवरकै रुचिअनुसार एक जनालाई कार्यकारी निर्देशकमा छनोट गर्नेछ ।

सिफारिस भएका तीनै जनाले आफुलाई नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् । सोही क्रममा मन्त्री कुँवरले सिफारिस भएकासँग कार्यकारी निर्देशक बन्न पार्टीलाई निर्वाचनमा रकमको जोहो गर्न सक्ने व्यक्ति हुनुपर्ने बताएको स्रोतको दाबी छ ।

सिफारिस भएका तीन मध्ये एक जनाले केही दिनअघि मात्रै मन्त्री कुँवरलाई भेटेर आफुलाई नियुक्त गरेमा वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने र वैदेशिक रोजगार बोर्डमा पनि व्यापक सुधार गर्ने भन्दै आफ्नो विस्तृत कार्ययोजना मन्त्रीसमक्ष सुनाएका थिए । तर, मन्त्रीले तपाइँ बोर्डमा आएपछि वैदेशिक रोजगार कोष तथा अन्य मातहतबाट चुनावी खर्चको पनि जोहो गर्नुपर्छ कि भन्दै घुमाउरो पाराले रकमको माग गरेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक