2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता गिरि आईसीयूमा

भदौ ४, काठमाडौं | नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको युवा नेता रत्न कार्कीले बताए।

गिरिको स्वास्थ्यमा थप समस्या भएकाले शुक्रबार दिउँसोदेखि कसैलाई भेट्न नदिइएको कार्कीको भनाइ छ। गिरिलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। घाँटीमा क्यान्सर भएका उनलाई निमोनियाले पनि च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

कार्कीका अनुसार अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ। घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरीरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या भएको चिकित्सकले बताउँदै आएका थिए। शुक्रबार साँझ उपचारमा सलंग्न एक चिकित्सकले भने, ‘म भर्खर उहाँलाई (प्रदीप गिरि)लाई आईसीयूमा हेरेर फर्केको छु। सामाजिक सञ्जालमा हतारमा लेखेका कुराले दुःखित छु। उहाँ उपचाररत अवस्थामा हुनुहुन्छ।’

कार्कीले भने, ‘निमोनिया निको भएन। क्यान्सर शरीरको अन्य भागमा पनि फैलियो। चिकित्सकले सक्दो प्रयास गरिरहेका छन्।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित