2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधि सभा निर्वाचन- कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?

असोज ३०, काठमाडौँ | आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५७ जनाको उम्मेदवारी परेको छ । 

देशका ७७ जिल्लामा परेको कुल उम्मेदवारीको १०.६५ प्रतिशत हिस्सा काठमाडौं जिल्लाले ओगटेको छ । 

१६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार १८७ जना पुरुष र २२५ जना महिला रहेका छन् । 

आयोगको तथ्याङ्क अनुसार काठमाडौंपछि ठूलो संख्यामा उम्मेदवारी परेका प्रमुख ९ जिल्लामा क्रमसः मोरङ, धनुषा, सुनसरी, झापा, रुपन्देही, सिराहा, बारा, सप्तरी र सर्लाही रहेका छन् । 

मोरङमा १०५, धनुषामा १०१, सुनसरीमा ९४, झापामा ९४, रुपन्देहीमा ८८, सिराहामा ८७, बारामा ७७, सप्तरीमा ७० र सर्लाहीमा ६९ जनाले उम्मेदवारी दिएका छन् । 

सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका जिल्लामा क्रमसः हुम्ला, मनाङ, मुस्ताङ, जुम्ला, मुगु, डोल्पा, बाजुरा, रोल्पा, जाजरकोट, डोटी, रुकुम पश्चिम र रुकुम पूर्व रहेका छन् । 

आयोगका अनुसार हुम्लामा ३, मनाङमा ३, मुस्ताङमा ४, जुम्लामा ५, मुगुमा ५, डोल्पामा ५, बाजुरामा ५, रोल्पामा ५, जाजरकोटमा ६, डोटीमा ६, रुकुम पश्चिममा ६ र रुकुम पूर्वमा ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै रौतहटमा ६७, महोत्तरीमा ६७, ललितपुरमा ६३, चितवनमा ५५, पर्सामा ५३, कपिलवस्तुमा ५०, कैलालीमा ४८, कास्कीमा ४६, दाङमा ४३, भक्तपुरमा ४०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ३६, बाँकेमा ३६, काभ्रेपलाञ्चोकमा ३३, कञ्चनपुरमा ३२, उदयपुरमा २८, धादिङमा २८, नुवाकोटमा २८, सिन्धुपाल्चोकमा २७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २७ र मकवानपुरमा २६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

तनहुँमा २५, इलाममा २५, स्याङ्जामा २४, गुल्मीमा २३, पाल्पामा २३, रामेछापमा २२, गोरखामा २२, सिन्धुलीमा २१, दोलखामा २१, बर्दियामा १८, सुर्खेतमा १७, पाँचथरमा १५, दैलेखमा १३, बागलुङमा १३, संखुवासभामा १२, भोजपुरमा १२, पर्वतमा १२, अर्घाखाँचीमा ११, अछाममा ११, ताप्लेजुङमा ११, बैतडीमा ११, लम्जुङमा ११, तेह्रथुममा १०, रसुवामा १०, दार्चुलामा ९, म्याग्दीमा ९, डडेल्धुरामा ८, सोलुखुम्बुमा ८, खोटाङमा ८, ओखलढुंगामा ८, बझाङमा ७, धनकुटामा ७, प्युठानमा ७, सल्यानमा ७ र कालिकोटमा ७ जनाले उम्मेदवारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ