2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

कात्तिक २७, काठमाडौँ | मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित गर्नुभएको थियो । उहाँले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउन हम्मेहम्मे देखिन्छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ । विसं २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि श्रेष्ठका लागि तगारो बन्नसक्नुहुन्छ । 

अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना  धमला मैदानमा उत्रिनुभएको छ । संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ । गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी गाह्रो हुने देखिन्छ । 

एमालेका कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना नयाँ कार्यकालमा पूरा गर्ने मुद्दा बोकेर चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँले राजनीतिमा युवालाई आकर्षण गर्न आगामी संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी नहुने बताउँदै आउनुभएको छ ।

साझा पार्टी नेपालबाट उम्मदेवारी दिनुभएका मिलन पाण्डले शिक्षकलाई सांसदलाई भन्दा बढी तलब दिनुपर्ने माग उठाउँदै आउनुभएको छ । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’रूपमा सांसदकै तहमा राख्नुपर्नेमा उहाँको जोड छ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलव–सुविधा र ‘मानार्थ’रूपमा मर्यादाक्रममा मन्त्रीसरह राख्ने उहाँको प्रमुख एजेण्डा छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौँ महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौँका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।

गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले चार सय ६५ मत प्राप्त गरेको छ ।

काठमाडौँ–९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी रहेको छ । श्रेष्ठ, धमला, पाण्डेसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, कांग्रेस विपीबाट रमेश थापा, राप्रपाबाट देवेन्द्र प्रधान, जसपाबाट शर्मिला सुवाल (डङ्गोल)लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रमा न्यूरोड, सङ्कटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल,  जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एलआरआइ स्कुल, खड्कागाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुङ्गल (थोरै भाग), बलम्बु (थोरै भाग), दहचोक, भीमढुङ्गा, रामकोट, डाडापौवा, हसन्टारलगायत प्रमुख स्थान पर्छन् ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा ७२ हजार एक सय ७३ मतदाताले मतदान गर्न ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने ३४ मतदानस्थल तोकिएको छ । कुल मतदातामध्ये ३५ हजार ५८ पुरुष र ३७ हजार एक सय १४ महिला छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक