2026-08-25 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकप: उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

कात्तिक २७, काठमाडौँ | अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।

फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् ।

टी- २० विश्वकप फाइनल: उपाधीका लागि इंग्ल्याण्ड र पाकिस्तान भिड्दै – Nepal  Press

यस पटक जो च्याम्पियन बनेपछि दुई पटक टी-२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ ।

अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।

फाइनलअघि पाकिस्तान र इंग्ल्याण्डका मुख्य खेलाडी लयमा फर्कुन दुवै टोलीका लागि सुखद छ । पाकिस्तान र इंग्लयाण्डका दुवै ओपनरले सेमिफाइनलमा अर्धशतक प्रहार गरे ।

पाकिस्तानको अलराउण्डर शदाब खानको प्रदर्शन मद्तवपूर्ण हुनेछ भने फकर जमन घाइते भएपछि टिममा समावेश युवा ब्याटर मोहम्मद ह्यारिसले पछिल्ला तीन खेलमा आक्रमक ब्याटिङ गर्दै आएका छन् ।

शाहिन शाह अफ्रिदीको नेतृत्वमा रहेको हरिस राउफ, नसिम शाह र मोहम्मद वासिमको पेस बलिङ अट्याक विपक्षीका लागि घातक बन्न सक्छ ।

उता इंग्ल्याण्डका लागि टप अर्डरका बलटर र हेल्ससहित अलराउण्ड स्टोक्स लयमा छन् । साम करन, क्रिस वोक्स र मार्क उड पेस बलिङमा छन् भने स्पीनमा आदिल रसिदलाई मोइन अली र लिया लिभङस्टोनले सघाउने छन् ।

सेमिफाइनलमा पहिलो खेल खेलेका ब्याटर फिल साल्टले ब्याटिङ गर्न पाएका छैनन् । फाइनलमा डेविड मालान र फिल साल्ट मध्ये एक खेल्नेछन् ।

इंग्ल्याण्डको ब्याटिङ गहिराई छ भने पाकिस्तानको बलिङ अट्याक उत्कृष्ट छ। त्यसैले फाइनल खेललाई इंग्ल्याण्डको ब्याटिङ भर्सेस पाकिस्तानको बलिङ भन्न मिल्नेछ ।

फाइनल हुने स्थान मेलवर्नमा वर्षाको सम्भावना भएकोले फाइनल खेललाई पनि असर गर्ने सम्भावना छ।

फाइनल खेलको लागि सोमबार रिजर्भ डे पनि राखिएको छ । फाइनल खेल सम्भव भएसम्म आइतबार नै सम्पन्न गर्ने प्रयास हुनेछ । यदी खेल सोमबारका लागि सरेमा आइतबार जित खेल खेलिएको छ त्यहीबाट सोमबार खेल सुरु हुने आईसीसीले जनाएको छ ।

यस्तै फाइनल खेल डिएल मेथडमा पूरा हुन पनि कम्तीमा दुवै टोलीले १०-१० ओभर खेल्नुपर्ने प्रतियोगिताको नियममा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन