2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएका १० देश, नेपाल कुन स्थानमा ?

मङ्सिर २१, काठमाडौँ | विश्वमा कुन देशको राहदानी सबैभन्दा शक्तिशाली र कुन देशको राहदानी सबैभन्दा कमजोर रहेको प्रस्तुत गर्दै सन् २०२२ को राहदानी (पासपोर्ट) को र्याङ्किङ सार्वजनिक भएको छ । 

हेन्ले पासपोर्ट सूचकांकले इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले पासपोर्ट स्वतन्त्रतामा उपलब्ध गराएको विशेष डाटाको आधारमा र्याङ्किङ जारी गर्ने गर्दछ । यसले विश्वका सबै पासपोर्टहरूलाई सबैभन्दा कमजोरदेखि बलियोसम्म क्रमबद्ध रुपमा प्रकासन गर्ने काम गर्दछ । हेन्लेले प्रत्येक पासपोर्ट धारकले भिसा बिना कति देशहरूमा यात्रा गर्न सक्छ भनेर विचार गर्दछ। 


संसारमा सबैभन्दा बलियो १० पासपोर्टहरु

१.जापान 

२. सिंगापुर 

३. दक्षिण कोरिया 

४. जर्मनी 

५. स्पेन

६. फिनल्याण्ड 

७. इटाली 

८. लक्जमबर्ग

९.अस्ट्रिया 

१०. डेनमार्क

सार्वजनिक गरेको उक्त राहदानी (पासपोर्ट) को र्याङ्किङ अनुसार विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये जापानको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट हो । हेन्लेले सार्वजनिक गरेको उक्त पासपोर्ट र्याङ्किङ अनुसार यदि कुनै यात्रीसँग जापानी पासपोर्ट छ भने, उसले बिना कुनै झन्झट १९३ देशहरूमा प्रवेश गर्न सक्छ। जापानी पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्।

यस्तै, सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको दोस्रो स्थानमा रहेको छ । यी देशका राहदानी भएका व्यक्तिहरूले पूर्व भिसा बिना नै १९२ देशहरू मा प्रवेश वा यात्रा गर्न सक्छन्। 

त्यसैगरी दक्षिण कोरियाको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको तेस्रो स्थानमा छन् । यो देशका नागरिकले पूर्व भिसा बिना १९२ देशको यात्रा गर्न सक्छन् । 

यस्तै, जर्मनी चौथो स्थानमा छ भने स्पेन पाचौँ स्थानमा छ यी दुवै देहका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना १९० देशहरूमा यात्रा गर्न सक्छ । 

फिनल्याण्ड, इटाली र लक्जमबर्ग क्रमश छैँटो, सातौ र आठौँ स्थानमा छ । यी तिन देशका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना नै १८९ देशरुमा यात्रा तथा भ्रमण गर्न सक्छन् । 

यस्तै विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये नवौँ र दसौँ स्थानमा क्रमश अस्ट्रिया र डेनमार्क रहेको छ । यी दुइ देशका नागरीकले भने पूर्व भिसा बिना नै १८८ देशका भ्रमण गर्न सक्छन् । 

शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ। सबैभन्दा कमजोर ७ पासपोर्टको सूचीमा नेपाल परेको छ। नेपालको स्थान १०५ औं छ। नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ३८ देशको मात्र यात्रा गर्न सक्छन्।

सार्वजनिक गरेको उक्त पासपोर्टको र्याङ्किङ अनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २७ देशको मात्र यात्राको अनुमति छ। इराकीले १९ गन्तव्य, सिरियालीले ३० गन्तव्य, पाकिस्तानीले ३२ गन्तव्य, यमनीले ३४ गन्तव्य, सोमालियालीले ३५ गन्तव्य, नेपाली र प्यालेस्टाइनीले ३८ गन्तव्य र उत्तर कोरियालीले ४० गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक