<p><b>फागुन ३, काठमाडौँ | </b>राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए । <br></p><p>देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ । </p>
