2026-07-06 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेसबुकले हटायो एमाले सांसद शर्माबारे बालेनको स्टाटस, किन?

भदौ १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई दिन अघि फेसबुकमा लेखेको स्टाटस फेसबुकले हटाएको छ। उक्त स्टाटसमा उनले नेकपा एमालेकी सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा किन कारबाही नगरेको भन्ने प्रश्न उठाएका थिए।

ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए। 


मेयर बालेनले स्टाटसमा सरकारको गैरजिम्मेवारीबारे आपत्ति जनाएका थिए, जसमा उनले महानगरपालिकाले २ महिनादेखि कारबाहीको आग्रह गरेको तर सरकारले कुनै कारबाही नगरेको कुरा उल्लेख गरेका थिए।

निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो र यसमा मेयर बालेनको कुनै संलग्नता छैन। प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले फेसबुकले स्टाटस धेरै रिपोर्टको आधारमा हटाएको बताएका छन्, र स्टाटस पुनः प्राप्त गर्न प्रयास भइरहेको जानकारी दिएका छन्।

मेयर बालेनको उक्त स्टाटसपछि एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले मेयर बालेनलाई खफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो हाल्ने आरोप लगाएका थिए। बडालको आरोपपछि मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नो कार्यकर्तालाई सामान्य ज्ञानका आधारमा मात्र राजनीतिमा उतार्न आग्रह गरेका थिए।

मेयर बालेनले सर्वोच्च र उच्च अदालतको आदेशबारे लामो स्टाटस लेखेर थप प्रष्टिकरण दिएका थिए भने अनेरास्ववियू अध्यक्ष बडालले भिडिओ ब्रिफिङ गरेर मेयर बालेनको काममा गल्ती भएको बताएका थिए।

यस्तो थियो बालेनको स्टाटस:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने