फागुन ३, पोखरा । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट तल पर्ने कालीगण्डकी नदिमा खसेको हो ।

बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था भने गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन् ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेको कारण छिटो उद्धार सम्भव भएको कारण अप्रिय क्षेतीको बिनारण नआएको बताइएको छ ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको छ भने बाँकी तीन जना सामान्य घाइतेहरुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।