२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान

२०७९, २ चैत्र बिहीबार ११:४७

चैत २, हेटौँडा | हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठूला र एक हजार चार सय ८६ वटा साधारण शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । सो अवधिमा अस्पतालले ९७ हजार चार सय नौ सेवाग्राहीलाई उपचार गरेको उहाँले बताउनुभयो । 

अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा ५९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेकामा १२ हजार तीन सय ३६ जनाले उपचार गराएका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात् शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको थियो । एक हजार ७३६  सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया निःशुल्क प्राप्त गरेका थिए ।

गैरनाफामूलक संस्थाका रुपमा सञ्चालित सो अस्पतालमा दैनिक तीन सय जनाको हाराहारीमा आँखा जाचाउन आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले आँखा जाँच तथा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको र अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै