By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कृत्रिम हातखुट्टा पाउँदा लक्ष्मी दङ्ग छिन्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > कृत्रिम हातखुट्टा पाउँदा लक्ष्मी दङ्ग छिन्
समाज

कृत्रिम हातखुट्टा पाउँदा लक्ष्मी दङ्ग छिन्

साझासवाल
Last updated: March 29, 2023 4:09 pm
साझासवाल
5 Min Read
Share

चैत १५, झापा (रासस) : मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर हुनुभयो ।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु प¥यो । आज उनलाई झापाको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्करूपमा कृत्रिम हातखुट्टा प्रदान ग¥यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”, उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आउनुभएकी उहाँकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा गर्नुभयो । 

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनुभयो ।

कृत्रिम हातखुट्टा पाउने कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए । सोही आधारमा आज सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताउनुभयो ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले विसं २०७६ देखि एउटा हात गुमाउनुपरेको थियो । उहाँले पनि आज कृत्रिम हात पाउनुभयो । “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अङ्ग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”, उहाँले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भन्नुभयो ।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाउनुभएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि आफ्ना दुवै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताउनुभयो । “वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ”, उहाँले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भन्नुभयो, “भगवान्ले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।” 

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा आज ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो । उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताउनुभयो । शारीरिक अशक्तको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उहाँको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुबाहरुको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु”, उहाँले भन्नुभयो ।

आफू पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर सङ्घर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तको पीडा र समस्या आफूलाई थाहा भएको उहाँले बताउनुभयो । उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर–२ का वयोवृद्ध टेकनाथ भण्डारी खुशीले भक्कानिनुभएको थियो । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारीलगायत चार शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो । 

मेचीनगर–१३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनुपरेको थियो । आज उहाँले कृत्रिम हात लगाउन पाउनुभएको छ ।

नेपालमा आएर कृत्रिम हातखुट्टा निःशुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुसी प्रकट गर्नुभएको छ । उहाँले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हातखुट्टा वितरण गरिसकेको जानकारी दिनुभयो ।

कृत्रिम हातखुट्टा बैंक स्थापना

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र वैशाखीको बैंक स्थापना गरेका छन् । हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताउनुभयो ।

हालसम्म बैंकलाई सयौँ दाताले ह्वीलचियर र वैशाखी सहयोग गरिसक्नुभएको छ । दाताहरूमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आउनुभएका नेपाली धेरै छन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रूपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पु¥याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरौलाले बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति
Next Article दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

सङ्खुवासभा - SKWसमाज

संखुवासभाका पुष्प खत्रीले भने ‘जम्मा ३० बर्षको भए, अझै बाँच्ने इच्छा छ’

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिए

12 months ago
समाज

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए’

57 years ago
दोलखा - DLKHसमाज

मानवअधिकारप्रति सरोकारवाला निकाय नै गैर जिम्मेवार ः न्यायाधिश कोईराला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?