२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीयलाई नेपाली नागरिकता दिलाउने सप्तरी प्रशासनका अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

२०८०, ४ जेष्ठ बिहीबार ०५:१६

जेठ ४, काठमाडौँ । भारतीयलाई नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ‌।

प्रशासकीय अधिकृत रामसहित चार कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदित नारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनामाथि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको हो ।


झुटो विवरणको आधारमा भारतीय नागरिक सतिश यादवले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । राजविराजमा बस्दै आएका उनी राजविराज नगरपालिका ११ का सूर्यनारायण यादवका नाति हुन् । तर छोरा बनाएर झुटो विवरणको आधारमा सतिशलाई नागरिकता बनाएको थियो ।

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले ०८० वैशाख ३१ मा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई आरोप पत्र दायर भएको थियो ।

आरोप पत्र दायर भएका मध्ये सूर्य नारायण र सतिश पक्राउ परेका थिए । उनी दुवै जनालाई अदालतले ०८० जेठ १ मा एक/एक लाख धरौटी लिएर तारेखमा छाडिएको छ । तर आरोप पत्र दायर गरिएका मध्ये २६ जना फरार रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार नागरिकताको लागि सिफारिस गर्ने, मुचुल्कामा हस्ताक्षर गर्ने, नागरिकता जारी गर्ने लगायतका भारतीयलाई नागरिकता लिन सहयोग गरेका पक्राउ पुर्जी जारी भएको छ । सिडिओ अफिसका खरिदारद्वय संजिव कुमार साह र सुरज नेपाल पनि मुद्दामा परेका छन् ।

झुटो विवरणकै आधारमा नागरिकता जारी गरेपछि फसेका प्रशासकीय अधिकृत राम सिडिओ अफिसबाट ०८० जेठ २ मा सरुवा भएका छन् । उनी हिजो मात्रै सप्तरीकै विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा