By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भैरहवा : बन्ला त फूूलै फूलको सहर ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > भैरहवा : बन्ला त फूूलै फूलको सहर ?
समाज

भैरहवा : बन्ला त फूूलै फूलको सहर ?

साझासवाल
Last updated: May 18, 2023 10:30 am
साझासवाल
5 Min Read
Share

जेठ ४, रुपन्देही | भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ ।  बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ । 

सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझा सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ ।  

पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन् । भैरहवा ऐतिहासिक सहर हो । यसलाई फूलैफूलको सहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ । भैरहवा मात्रै होइन सिङ्गो सिद्धार्थनगर नगरपालिकालाई नै फूलैफूलको सहर बनाउने योजना नगरपालिकाको छ । जसका लागि गत वर्षदेखि वृक्षरोपण अभियान चलाइएको छ ।

गतवर्ष नगरका प्रमुख इस्तियाक अहमद खानले बेलहियामा वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नुभएको थियो । सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएकोले यहीँबाट अभियानको थालनी गरिएको थियो । नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियान अहिले सुस्ताएको छ । नगरले यो क्षेत्रलाई फूलको सहर बनाउने योजना अघि सारे पनि बजेट व्यवस्थापन भने गरेको छैन ।

नगर प्रमुख ईस्तियाक अहमद खाँनले प्रमुख पदमा निर्वाचित भएपछि आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

 मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । “हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक ÷दुई महिनापछि फेरि सुरु हुन्छ”, नगर प्रमुख खाँनले भन्नुभयो, “गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।” नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षरोपण अभियान चलाएको उहाँले बताउनुभयो ।

भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उहाँको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ । 

राजमार्गको दुवै किनार र बीच भाग (डिभाइडर) तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूल÷रुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउनुहुन्छ । नगरको  सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उहाँको भनाइ छ । 

“स्वच्छ, हराभर नगर बनाउने हाम्रो योजना हो, यसमा सबैले साथ दिनुभएको छ”, उपप्रमुख अधिकारी भन्नुहुन्छ । सिद्धार्थनगर नगरपालिका हुँदै सयौँ पर्यटक बुद्धजन्मस्थल पुग्ने भएकाले नगरको सौन्दर्यकरण गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “हामी बिरुवा रोप्ने मात्रै होइन हर्काउने कुरामा पनि ध्यान दिन्छौँ, रोपिएका बिरुवाको संरक्षका लागि नगरवासीको पनि साथ लिएका छौँ”, अधिकारी भन्नुहुन्छ ।

हरेक दिन साँझबिहान बिरुवामा पानी राखिन्छ । बिरुवा संरक्षणका लागि कर्मचारी खटिएका छन् भने स्थानीयले पनि बिरुवा संरक्षणमा सघाएका छन् । “नगर राम्रो हुँदा फाइदा हामीलाई नै हो, त्यसैले भित्री सडकमा समेत वृक्षरोपण गरेका छौँ, स्थानीय व्यवसायी सपना हमाल भन्नुहन्छ, “सबै घर अगाडि फूल रोप्ने र संरक्षणको काम गरेका छौँ ।” नगरपालिकाले नीति नै बनाएर अभियानको सुरुवात गरेको हो ।

नगरपालिकाको  ११औंँ नगरसभाले नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । योजना नगरको भए पनि यो योजना पूरा गर्न विभिन्न सङ्घ संस्थाले साथ दिएका छन्  । सामाजिक र व्यावसायिक सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरमा वृक्षरोपण गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल बताउँनहुन्छ ।

 उहाँका अनुसार नगरमा एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र लायन्स क्लब तथा विभिन्न सहकारीले बिरुवा लगाउने गरेका छन् । “जिल्ला वन कार्यालयलाई बिरुवा ठिक्क पार्न भनेका छौँ, केही दिनपछि फेरि वृक्षरोपण सुरु हुन्छ”, उहाँले भन्नुभयो, भैरहवाको बुद्धचोकदेखि बसपार्कसम्म विभिन्न प्रजातिका बिरुवा तथा फूलहरु लगाइएका छन् । पहिलेभन्दा अहिले नगर धेरै हरियाली भएको छ, अझै बाँकी ठाउँमा फूल अन्य प्रजातिका बिरुवा रोप्ने तयारीम छौँ,” उहाँले भन्नुभयो । 

नगरको लगानी नभएका कारण कति बिरुवा रोपियो भन्ने तथ्याङ्क नगरपालिकासँग छैन । सिद्धार्थनगर नगरपालिाका अनुसार विसं १९९० सम्म नगन्य रूपमा मात्र बस्ती भएको यस नगरमा बिसं २०१० मा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । 

विसं २०२४ मा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । 

विसं २०३३ देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । कूल १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली नाका सिमाङ्कन गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
Next Article श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः भण्डारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

विप्लवका विद्यार्थीको संगठन निर्माण

57 years ago
काठमाडौँ - KTMसमाज

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

57 years ago
दार्चुला - DCLसमाज

दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गयो

57 years ago
समाजसिन्धुपाल्चोक - SDP

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा एकै परिवारका तीनको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?