<p><b>असार ६, दार्चुला |</b> दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो ।<br></p><p>हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।</p>
