असार ८, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९२ पैसा र विक्रिदर २९ रुपैयाँ ०८ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र विक्रिदर २९ रुपैयाँ ९६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ७० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ १८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ १७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ९७ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ५६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।