छोरा बनाएर बेलायत लग्ने भन्दै ३ जनाको झुटो नागरिकता बनाईदिने पूर्व बेलायती सैनिक सूर्यहाङ पक्राउ

साझासवाल
1 Min Read

असार ७, विराटनगर | बेलायत लगिदिने भन्दै झुटो विवरण पेश गरी ३ जनाको नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रकम लिएर ३ जनालाई नागरिकता बनाएको आरोपमा मोरङ लेटाङका सूर्यहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बू पूर्व बेलायती सेना समेत हुन ।

उनले रकम लिएर गण्डकी प्रदेशका ३ जनालाई आफू बाबु बनेर २ वर्ष अगाडि नागरिकता बनाई दिएको मोरङ प्रहरीका डीएसपी रञ्जन कुमार दाहालले जानकारी भए ।

दाहालका अनुसार लिम्बूले मोरङ बेलबारीबाट छोरा बनाएर नागरिकता बनाई दिएको बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको दाहालले बताए । उनले सुराकीका आधारमा लिम्बूलाई पक्राउ गरिएको बताए ।

Share This Article
Leave a Comment

Leave a Reply