विमानस्थलमा भन्सार एजेन्टले नै चोरे ९ किलो सुन, बिक्री गरेर जग्गामा लगानी

साझासवाल
3 Min Read

असार १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको भेटिएको छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर झण्डै ९ किलो सुन चोरी गरेर बिक्री गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा खुलेको हो ।

ब्यूरोका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित जाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

भन्सार जाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि विभिन्न व्यक्तिहरुले छुटाउनलाई पटकपटक प्रयास गरेका थिए । त्यहीबीच भन्सार कार्यालयबाट सुनसहितको भेप्स बस्नेतको योजनामा साटफेर गरिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

भन्सारका अरु अधिकृतहरुलाई त्यो भेप्समा सुन छ भन्ने थाहा नभएको अवस्थामा खड्कालाई ७० लाख रुपैयाँभन्दा बढी दिएर साटफेर गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

‘पटकपटक ताकेता गर्ने मान्छेहरु आउन छाडेपछि शंका लागेर प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जाँच गरेका रहेछन्, त्यसक्रममा भेप्स नै साटिएको भेटिएछ’, ब्यूरोका एक अधिकृतले भने, ‘त्यसपछि भन्सारबाटै आन्तरिक छानबिन गर्दा भेप्समा सुन रहेको नायब सुब्बा खड्काले खुलाएका रहेछन् ।’

त्यसपछि प्रमुख भन्सार प्रशासक पोखरेलले थप अनुसन्धानका लागि नासु खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मा लगाएका थिए ।

त्यसपछि प्रहरीेल गरेको अनुसन्धानका क्रममा सुन खरिद गर्ने व्यक्तिहरुसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले १०० ग्राम सुन मात्र बरामद गरेको छ ।

तर, भन्सार एजेन्ट बस्नेतले सुन बिक्री गरेलगत्तै मध्यपुर ठिमीको वडा नं. २ मा ३ करोड ५० लाख रुपैयाँमा जग्गा किनेको पाइएको छ । त्यहाँ उनले ६ आना जग्गा किनेका छन् ।

उनले पेप्सीकोलामा अर्कै व्यक्तिको नाममा समेत जग्गा किनेको पाइएको छ । प्रहरीले ती व्यक्तिलाई पनि पक्राउ परेको छ ।

उनले मालपोतमा गएर आफूले ल्याप्चे मात्र हानेको बताएका छन् । अरु आफूलाई थाहा नभएको उनको जिकिर छ । उनको नाममा २ करोड ५० लाख रुपैयाँमा खरिद गरिएको ३ आना जग्गा छ ।

प्रहरीका अनुसार एजेन्ट बस्नेतले ६ करोड रुपैयाँ जग्गामा लगानी गरेको कागजातहरुबाट पुष्टि भइसकेको छ । थप एक करोड रुपैयाँ कहाँ खर्च भयो भन्ने खुलेको छैन ।

‘पैसा आएपछि जथाभावी खर्च गरेको देखिन्छ, एक करोड खर्च मात्र गरेँ भनेका छन्, कहाँ कहाँ खर्च भयो बताएका छैनन्’, एक अधिकृत भन्छन्, ‘गलत काममा पनि खर्च भए जस्तो देखिन्छ ।’

नासु खड्काले चाहिँ कम्तिमा ६५ लाख रुपैयाँ घुसवापत लिएको पाइएको अधिकृतहरु बताउँछन् । त्योमध्ये केही रकम उनले प्रेमिकाको खातामा फिक्स्ड डिपोजिटमा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रहरीले प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरेर मुद्दा बुझाउने तयारी भइरहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply