By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 minutes ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    21 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    22 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मकवानपुरको पहिरोमा बाँचेका घिसिङ भन्छन्-कसरी बाँचे थाहा छैन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > मकवानपुरको पहिरोमा बाँचेका घिसिङ भन्छन्-कसरी बाँचे थाहा छैन
समाज

मकवानपुरको पहिरोमा बाँचेका घिसिङ भन्छन्-कसरी बाँचे थाहा छैन

साझासवाल
Last updated: August 9, 2023 6:14 am
साझासवाल
3 Min Read
Share

साउन २४, काठमाडौँ | बागमती गाउँपालिका–५ सिक्रे दोभानको पहिरोमा परेका पाल्साङ घिसिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । पहिरो गएको स्थानबाट करिब ७ किलोमिटिर तल (दक्षिणतर्फ) फेला परेका उनको पहिरो गएको १४ घण्टा पछि जीवितै उद्धार गरिएको थियो ।

घर छेउबाटै बगेको सिक्रे खोल्सीले ल्याएको ढुङ्गा र माटोसहितको भेलले उनी सुतिरहेको अवस्थामा घरसहित घिसिङलाई बागमती नदीमा मिसाइदिएको थियो । बिहान ४ बजेको समयमा खोल्सीमा आएको बाढीले ल्याएको पहिरोका कारण स्थानीय अक्लबहादुर स्याङ्तानको घरको जगसहित बागमती नदीमा मिसिन पुग्यो । सोही घरमा पाहुना लाग्न गएका थिए घिसिङ ।

राति सोही घरमा सुतेका अन्य ६ जनासहित घिसिङ पहिरोमा परे । हालसम्म सो पहिरोमा परेर २ जनाको मृत्यु भइसकेको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । भाग्य बलियो भएका घिसिङ भने पहिरो खसेको १४ घण्टापछि जीवित भेटिए ।

भनिन्छ नि, दिन बलियो भए कालले समेत भेट्न सक्दैन । सो भनाई घिसिङलाई सही साबित बन्यो । पहिरोमा परेका २ जनाले ज्यान गुमाउँदा घिसिङ भने जीवित भेटिए । उनलाई स्थानीय र प्रहरीको सहायतामा बागमती नदी बिचको बगरबाट उद्धार गरिएको थियो । बागमती नदीको उर्लिएको बाढीको छालले घिसिङलाई नदी बिचको बगरमा पुर्याएको थियो । बगरमा लडिरहेका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरिएको थियो ।

मंगलबार साँझ ७ बजे उद्धार गरिएका घिसिङलाई राति नै हेटौँडा अस्पताल ल्याइएको थियो । हेटौँडा अस्पतालमा उपचाररत घिसिङ बोल्न सक्ने अवस्थामा छैनन् । अस्पतालको बेडमा सुतिरहेका घिसिङलाई आफू कसरी बाँचे भन्ने थाहा नै छैन ।

उनी भन्छन्, ‘म कसरी बाँचे मलाई थाहा छैन ।’ चोटका कारण दुःखाइ सहँदै उपचार गराइरहेका घिसिङ मानसिक पिडा मिश्रित स्वरमा उनले यति मात्रै भने ।

पहिरोमा परेका घिसिङको शरीरका विभिन्न भागमा चोट देखिन्छ ।  पहिरोसँगै बागमती नदीमा ७ किलोमिटरसम्म बगेर बाँचेका घिसिङको दाहिने खुट्टा भाँचिएको छ भने आँखा सुनिएको छ । उनको खुट्टाको प्लास्टर गरिएको छ भने खतरामुक्त अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

उनलाई कुर्न उनका ठुलो बुबा बुद्धबहादुर घिसिङ बसेका छन् । उनले आफ्नो भतिजोले मृत्यु जितेकोमा खुसी व्यक्त गर्दै शरीर बाहिर देखिएका चोटको उपचार भइरहेको तर भित्री समस्या बारे चिन्ता पोखे ।

सोमबार रातिको अविरल वर्षाका कारण मंगलबार बिहान ४ बजेको समयमा बागमती–५ सिक्रे दोभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले बगाउँदा हराएका ७ जना मध्ये मंगलबार नै एक जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकी स्याङ्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानको उपचारको क्रममा मुत्यु भएको थियो भने बुधबार बिहान उनकी छोरी २२ वर्षकी शिला पहरीको शव घटना स्थलबाट १० किलोमिटर दक्षिण बागमती नदीको बिच बगरमा फेला परेको थियो ।

पहिरोमा परी ६० वर्षका अक्कल बहादुर स्याङतान, ज्वाइँ २५ वर्षका जीवन पहरी, नाति ४ वर्षको मिलन पहरी, र नातिनी डेढ वर्षकी दिव्या पहरी अझै बेपत्ता छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सिरहाको होटलमा विराटनगरका व्यवसायीको शंकास्पद मृत्यु
Next Article छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर१६ वर्षीया अनिता चन्दको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भक्तपुर - BKTसमाज

भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

57 years ago
समाज

पाँचथरमा पत्रकारहरुका लागी आँखा शिविर

57 years ago
काठमाडौँ - KTMबैतडी - BTDसमाज

भारतमा मोटरसाइकल दुर्घटनामा परि एक नेपालीको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

साउदीमा ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?