By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बढ्दो छ सामान्य विषयमा मानिसको हत्या शृङ्खला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > बढ्दो छ सामान्य विषयमा मानिसको हत्या शृङ्खला
समाज

बढ्दो छ सामान्य विषयमा मानिसको हत्या शृङ्खला

साझासवाल
Last updated: September 16, 2023 5:55 am
साझासवाल
6 Min Read
Share

भदौ ३०, काठमाडौँ | काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो ।

सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । राई मृतक नविनका साथी रहेको प्रारम्भिकरुपमा खुल्न आएको प्रहरीले जनाएको छ । उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन् ।

वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन । प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ । हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन् ।

घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ । यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिँदै आएको छ । 

गएको वैशाख ७ गते पनि एउटा यस्तै घटना काठमाडौँमै घट्यो । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते सामान्य भाडा व्यवसाय गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो । उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन । सामान्य लुटपाटका लागि उनको हत्या भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको उक्त घटनाको ११ औँ दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले हत्या गरेको पत्ता लगायो ।  सीआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि भाडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेका बताउँछन् । सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेका थिए । पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर खाए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेर हत्या गरेका थिए । 

अघिल्लो वर्षको पुसमा अर्को एउटा विभत्स हत्याले मानिसको मन नै अमिले बनाएको थियो । मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका व्यक्तिको हत्या ।

त्यसको अघिल्लो महिना मङ्सिर २० गते नगरपालिकाको वडा नम्बर ६ पुसलबाट ९० वर्षका डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो । 

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नम्बर ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्‍यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको थियो । गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको सफल अनुसन्धान गर्‍यो । 

उनको हत्यामा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न भएको खुल्यो । उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो । उनले चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्नेको प्रहरीले सार्वजनिक गरेको थियो । 

उक्त सामुदायिक वनको खोँचमा पुगेपछि नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा उनको ढुङ्गाले टाउको र गर्धनमा हानेर हत्या गरेका प्रहरी बताउँछन् । उनीसँग भएको रु ४५ हजार लिएर नरेन्द्र फरार भएका थिए । 

यी तीन घटना प्रतिनिधिमूलक हुन् । यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन् । धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए । आजको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उनले बताए । 

त्यसका अलावा आर्थिक समस्याले पनि घटना घटिएका कतिपय घटनाले देखाएका प्रहरीको दाबी छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, “अहिले मानिसहरु सानोसानो कुरा सहन नसक्ने अवस्थामा देखिएका छन् । मान्छेलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ । सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्राहण गर्ने अवस्थाले पनि घटना बढ्दो छ ।”

उनी आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएको बताउँछन् । नैतिक शिक्षा बढाउन जरुरी रहेको पनि उनले बताए । प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९–८० मा पाँच सय एक जनाको हत्या भएको छ । जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका थिए । कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ । त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौँमा भएका पाइएको छ । 

त्यसको अघिल्लो वर्ष आव २०७८–७९ मा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएको छ । त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ । काठमाडौँमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटनामध्ये उपत्यकामा मात्रै एक सय ३६ घटना भएको पाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
Next Article दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नुपर्छ : सांसद तामाङ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बर्दिया - BRDसमाज

खाजा नखाई साथीको उपचारमा सहयोग

57 years ago
समाज

टी-२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वी बहराइन

57 years ago
काठमाडौँ - KTMसमाज

त्रिपुरेश्वरका कम्प्युटर अपरेटरसहित एक महिला घुससहित पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

आगामी ३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन मौसमविदको आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?