प्रभात सुवेदी । साउन २१, बर्दिया ।

आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् ।

गुलरिया नगरपालिका वडा नं. ८ बस्ने १५ वर्षीय गौतम थारुको तीन महिना अघि गुलरियाको एक उद्योगमा काम गर्ने क्रममा दुर्घटना भई मेरुदण्ड भाँचिइ चितवनमा उपचाररत रहेकाले श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाका विद्यार्थीहरुले आफ्नै खाजा खर्च कटाएर भएपनि सात हजार पाँच सय छयत्तर रुपैंया आर्थिक सहयोग गरेका हुन् ।

विद्यार्थीहरुबाट संकलन गरिएको रकम घाइतेका भाई राहुल थारुलाई कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय निशा खत्री र आदित्य भूर्तेलले प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको रोहवरमा हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको सिफारिसपत्र …….

रकम हस्तान्तरण पश्चात प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले सामुदायिक विद्यालय भएका कारणले पनि विद्यार्थीहरुबाट रकम उठाउन नमिल्ने हुँदाहुँदै पनि यसै विद्यालयको पूर्व विद्यार्थी भएका नाताले पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा रकम संकलन गरेकाले सानो भएपनि सहयोग गरेकाले यो रकमको सही सदुपयोग हुने अपेक्षा गर्नुभयो ।

विद्यार्थीद्वय निशा खत्री र आदित्य भूर्तेलले भने यसरी आफ्नै साथी जस्तै मानेर मानवीय भावनाका साथ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उपचाररत गौतम थारु ……..

August 6, 2018
बर्दिया - BRD, समाज
खाजा नखाई साथीको उपचारमा सहयोग
By kit
4 मिनेट पढाइ