२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युरोपमा टिकटकलाई ४६ अर्ब ८० करोड रुपैयाँ जरिवाना तिर्न निर्देशन, कम्पनीले जनायो विरोध

२०८०, १ आश्विन सोमबार ०७:४३

असोज १, काठमाडौँ | युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको हो।

आयरल्यान्डको डेटा प्रोटेक्सन कमिस्नर कार्यालयका अनुसार टिकटकले सन् २०२० जुलाई ३१ देखि डिसेम्बर ३१ सम्म युरोपियन युनियनको गोपनियतासम्बन्धी कानुन उल्लंघन गरेको पाइएको जनाएको छ।

कार्यालयले बालबालिका र किशोरकिशोरीलाई टिकटकमा साइन-इन गराउँदा नै उनीहरुको अकाउन्ट आफै ‘पब्लिक’ हुने गरेको फेला परेको जनाएको छ। जसकारण उनीहरुको भिडियो सबैले हेर्न र कमेन्ट गर्न मिल्ने भएको थियो। टिकटकको सो ‘डिफल्ट सेटिङ’ का कारण १३ वर्ष मुनीका बालबालिका खतरामा परेको जनाइएको छ।

यस्तै, अभिभावकलाई सन्तानको अकाउन्ट संचालनका लागि दिइएको सेटिङ भरपर्दो र सुरक्षित नभएको समेत कार्यालयले जनाएको छ।

टिकटकले भने कमिस्नर कार्यालयको सो निर्णयको कुनै औचित्य नै नभएको जनाएको छ। कार्यालयले सन् २०२१ को सेप्टेम्बरबाट अनुसन्धान सुरु गरेको र हाल लगाइएका आरोपको समाधान अनुसन्धान सुरु हुनु ७ महिना अघि नै भन्दै टिकटकले असन्तुष्टी जनाएको छ। जरिवना रकम प्रति अनसन्तुष्टी जनाउँदै टिकटकले लगाइएका आरोपहरु अहिले सान्दर्भिक नरहेकोसमेत दाबी गरेको छ।

टिकटकले सन् २०२० को नोभेम्बरबाट एपमाथि अभिभावकको नियन्त्रणलाई कडा बनाएको थियो। सन् २०२१ को जनवरीमा १६ वर्ष मुनीका प्रयोगकर्तचाहरुको डिफल्ट सेटिङलाई ‘प्राइभेट’ बनाएको थियो।

युरोपियन युनियनको नियमन निकायले टिकटकमाथि डेटा चीनमा ट्रान्सफर गरे नगरेको भन्नेबारेमा छुट्टै अनुसन्धान पनि गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना