By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अझै केही दिन पानी पर्ने, किन ढिलो बाहिरिन थाल्यो मनसुन ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > अझै केही दिन पानी पर्ने, किन ढिलो बाहिरिन थाल्यो मनसुन ?
समाज

अझै केही दिन पानी पर्ने, किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

साझासवाल
Last updated: October 4, 2023 7:51 am
साझासवाल
5 Min Read
Share

असोज १७, काठमाडौँ | मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ।  

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’ 

जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ। ‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुनसक्छ। त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं।’ मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन्। चरम मौसमी अवस्थाहरू पनि देखिएका छन्। अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ। 

जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागार्इं जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुनसक्ने बताउँछन्। पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ। हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो। तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ।’ 

पहिला जूनदेखि सेप्टेम्बरलाई मनसुन ‘सिजन’ भनिन्थ्यो। त्यही बेला पानी पनि धेरै पथ्र्यो। तर, सन् २००० यता अक्टोबरसम्म पनि पानी पर्न थाल्यो। अक्टोबरको दोस्रो सातासम्म पनि पानी परिरह्यो। पहिला सेप्टेम्बर २३ सम्ममा मनसुन सकिन्छ भन्ने औसत अनुमान हुन्थ्यो। अहिले अक्टोवर २ मा मौसम बाहिरिने आकलन गरिए पनि उक्त मिति अझै पछाडि सर्दैछ। 

हुमागार्इंका अनुसार बंगालको खाडीमा न्यून चापीय प्रणाली अझै पनि सक्रिय छ। त्यसले दक्षिणपूर्व तिरबाट पानी पर्ने जलवाष्पयुक्त हावा आइरहेको छ। त्यसले मनसुन लम्बाउने गर्छ। जब न्यून चापीय क्षेत्र सर्दै जान्छ तब मनसुन सकिने क्रममा आउँछ। पर्सिबाट मात्रै नेपालमा पानी कम पर्ने जस्तो देखिने हुमागार्इंले बताए। 

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘मनसुन ठूलो परिघटना (फेनोमेनन) भएकाले प्रशान्त महासागरको अवस्था कस्तो हुन्छ। त्यहाँको समुद्र कति तातिन्छ। त्यसको आधारमा पनि नेपालको मनसुनमा परिवर्तन हुने बताउँछन्। 

 मनसुनमा ‘ग्लोबल इफेक्ट’ पनि हुन्छ। त्यसैले सबै कुरा हेरेर मात्र मनसुनको आगमन र बहिर्गमनको बारेमा भन्न सकिन्छ।’ मनसुन ढिला बाहिरिँदा नेपाल जस्तो मुलुकमा खाद्य सुरक्षालाई चुनौती हुन्छ। वनस्पति तथा बालीनालीमा प्रभाव पार्छ। निरन्तर चक्रको प्रक्रियामा पनि प्रभाव पार्नेछ। चरम घटनाहरू बढ्न सक्छन्। जीवित वस्तुमा असर त छँदैछ।

पौडेलका अनुसार मनसुनको भित्रिने तथा बाहिरिने प्रक्रिया वातावरणीय परिघटनाका मापदण्डका आधारमा हुन्छन्। वायुमण्डलको सिस्टमहरू हेर्नुपर्ने हुन्छ। मनसुनको चार महिना बंगालको खाडीबाट मनसुनी वायुहरू नेपालको पूर्वतिरबाट आइरहेको हुन्छ। विस्तारै पश्चिमि वायुले धकेल्नुपर्छ। पूर्वीवायु कमजोर हुँदै जानुपर्छ। ‘हाइप्रेसर सिस्टम’को विकास हुँदैजान्छ। समुद्रमा विस्तारै जाडो समय सुरु हुन्छ। यता पनि विस्तारै जाडो सुरु हुन्छ। यस्ता विभिन्न कुरा हेरेर मनसुन बाहिरिने मापदण्ड बनाएको हुन्छ। 

तर, सामान्यतया मनसुनी वायु पूर्वी नेपालबाट लगातार आएमा वर्षा हुन्छ। सकिने बेलामा पनि पश्चिममा पानी पर्छ र पश्चिमी वायु पनि आइरहेको छ भने त्यसपछि मनसुन छोड्ने संकेत बुझ्न सकिन्छ। 

तर, मनसुनको आगमन र बहिर्गमन निकै महत्वपूर्ण मानिन्छ। सन् २०२१ मा मनसुन सकिएपछि भएको वर्षाले किसानका धान खेतमै कुहिएको थियो। जल तथा मौसम विज्ञान विभागले सही सूचना जनमानसमा पु¥याउन नसकेको भन्दै निकै आलोचना पनि खेप्नुपरेको थियो। त्यतिबेला १६६ मिलिमिटरसम्म वर्षा भएको थियो। नेपालका प्रायजसो भूभागमा पानी परेकाले अत्यन्त ठूलो क्षति बेहोर्नु परेको थियो। यो वर्ष पनि मनसुन कम्तीमा अझै एक सातासम्म सक्रिय रहने भएकाले विभागले किसानलाई सचेत गराएको छ। विभागले सोमबार विज्ञप्ति जारी गर्दै धान काटिएको भए यथाशीघ्र भिœयाउन  वा नकाट्न सुझाएको छ। यो वर्ष सामान्य मितिभन्दा एक दिन ढिलो (जून १४) मा मनसुन भित्रिएको थियो। 

विभागले यस मनसुनमा औसतभन्दा कम पानी पर्ने भन्दै सचेत गराएको थियो। तर, देशभरीबाट मनसुनको तथ्यांक आएपछि मात्रै कति पानी प¥यो भन्न मिल्ने पौडेलले बताए। उनले भने, ‘हालसम्म हेर्दा औसतभन्दा कम पानी परेको छ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
Next Article सर्वोच्च परिसरमा ढलिन् भारती, वीर अस्पताल लगियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भक्तपुर - BKTसमाज

इनारबाट निस्कियो ग्यास, आगोको लप्काले जलेर एक घाइते

57 years ago
मुख्य समाचारसमाज

सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने

2 years ago
समाज

आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

57 years ago
काठमाडौँ - KTMमहोत्तरी - MHTसमाज

महोत्तरीमा जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?